गजल- बादल क्षेत्री

२०७५ असार ८ गते, शुक्रबार

मेरा सारा खुसीहरू सपना भए
मेरा मोती सरह आँसुका ढिका आज गहना भए !!

मायाको पिडाले भकानियो मेरो मन सधैँ
खुशी र हाँसो आज विनासका घटना भए !!

जताततै हरियाली पनि ऊजाड देख्छु वसन्त नै
सुन्दर सपनाका महल पनि सुवासहीन् हसना भए !!

हाँस्दै रम्दै गरेको जिन्दगी आज बिच बतोमै टक: रोकिए
जुनेली रात पनि मेरा लागि सुन्यताका ढकना भए !!

उदाश छन् सबै मेरा चाहना र,भावना
दुख र पिडा आज गजल कविताका रचना भए !!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार