गजल -लिला दाहाल अधिकारी

आस्थाका बिम्बहरु लगातार ढलेपछि
सपनाको महलहरु भत्किएर लडेपछि
खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछि
के आश गरु खै शासक यहाँ त बाट
छाउगोठ्को नरकिए जीवन नरोकेपछि
पानी जहाज र रेलको सपनाले हुदैन
के गर्छस दिन दिनै भष्टाचार बढेपछि
देश बिकासको बाटो कहाँ खुल्छ यसरी
जवान बिदेश र नारी स्वदेश मै सकिए पछि
गर्न सक्छ्स भने भष्टाचार र कुरिती रोक्नुपर्छ
अनि हाँस्छिनआमा चेतनाले उज्यालो खोजेपछि