गजल – लिला दाहाल अधिकारी

पृथ्वी गोलाकार छ दोबाटोमा चिर भेटिन्छ
अतीतलाई बोकेर आएको तस्बिर भेटिन्छ
खै किन हो तर्साउँछ भुतले वर्तमानलाई
मरुभूमिमा पनि आशाको नीर भेटिन्छ
आकाश जस्तो देखिन्छ त्यस्तै हुंदैन
यहाँ मिठो बोलिमा पनि तिर भेटिन्छ
जीन्दगी अब धम्की र दबाबमा चल्दैन
झुक्नुको अर्थ रहेन प्रेम बिनाको मन्दिर भेटिन्छ