बा – देबी काफ्ले

२०७५ श्रावण २१ गते, सोमबार

अांगनको छेउमा रुमलिएका बा
घरको छानामाथि बसेर चिरबिराएको भंगेरो
मझेरीमा टुक्रुक्क बसेको बिल्लु,
घरी ढोका भित्र घरी घरपछाडिको कुलो तिर
सुंघसुंघाइ रहको काले कुत्तु
गोठकि घुम्री भैंसी
तिल्कु छुनुमुनु पाठापाठी
सबैको मनले खोज्दै थियो
रातो धोतीको अाभाष
छनछन चुराको छनछनाहट
तर रातो धोती चुराको छन छन
निष्प्राण भैसक्यो,उनि त अनन्त यात्रामा लागिसकिन।
उनको बाटोमा छर्ने बुर्की बनाउदै छन्
उनको यात्राको खर्च टिलो खोज्दै छन्
उनको लाज ढाक्न कात्रो पहिर्याउदै छन्
उनको बहिर्गमन शुभ पार्न हरियो
गोबरले मझेरी उल्टो लिप्दै थिए
अामा शान्त कुनै प्रतिकार थिएन
उनको बाटो तय भैसकेको थियो
रोक्न कसैको सामर्थ्य थिएन।
हाम्रो रोदनको कुनै असर परेन दैवलाई
बांसको अोछ्यान सेतो कात्रो
कसरी सहन सकिन होला
मुख पोल्ने गरि बालेको दागबत्ति
दाउराको चाङ कत पोल्यो
कति बिजायो होला
बाणगंगाले अाफ्नो बेग रोकिन
हावा सुसाउन छोड्यो
सुर्यका किरण तेज भैदिए
एकैछिनमा धुवांको मुस्लोले
वायुमण्डलबाट शन्देश पठायो
तिम्रीअामा अब फर्केरअाउदिनन्
अब फर्केर अाउंदिनन्।
भदौ अब फेरि हाम्री अामा लिन नअाइज
फेरि हाम्री अामा लिन नअाइज।।।।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार