अदभुत उत्सवको उत्कण्ठा – श्यामबहादुर बोहरा

२०७५ भाद्र ६ गते, बुधबार

एक अर्को
अर्पुव पर्वको प्रतिक्षामा
अर्को एक
अदभूत उत्सवको उत्कन्ठामा
वेग्र छ मेरो देश।
अहिले जे लाई पर्व भनेर
प्रपन्च गरिरहेछन पाखण्डिहरु
तर
देश भने घायल छ।
संमृद्दिको पागलपुर्ण स्याल हुइया गरिरहेछन छट्टुहरु
तर
मात्र आफू संमृद्द भैरहेछन धोकेवाजहरु!
मात्र आफ्ना नाता कुटुम्वको भुँडी भरिरहेछन पापिहरु।
शक्क्ती
भक्क्ती
र पहुचदारहरुको मस्ती
अनाथ
असहाय
बेसहारा
निर्धा वेसहाराहरुको झनै सास्ती।
तै पनि
संमृद्दी
समानता
र शान्तिको कोकोहोलो गरिरहेछन वेसर्मिहरु।
हिजो त्यत्रो वलिदान
के यस्तै वेथिती
र संस्कृतिका लागि थियो?
सिद्धान्त
आस्था
निष्ठा
आदर्श
मूल्य
नैतिकता
र इमानदारीता आज लज्जित छ
घायल छ
मरेतुल्य छ।
नाङ्गो नाच
चर्चित छ
र प्रसंसित छ।
इमान हारेको छ,
वेइमान विजित छ।
न्याय रोएको छ,
अन्याय अट्टहास गरिरहेछ।
उदात्तता बादलले छेकेकोछ
नीचता उदाएको छ।
के फेरि
आसा र उज्यालोको
संकटकाल लाग्ने नै हो त?
खवदार बहुरुपी छेपाराहरु!
तिम्रो रुप रङ्ग देखेर
अब कोहि झुकिने छैन।
तिम्रो सार साराले छामिसकेकाछन।
तिम्रो छाला हेरेर
अब कोहि लोभिने छैन,
तिम्रो चाला
साराले जानिसकेकाछन।
त्यसैले,
अर्को एक
अदभुत उत्सवको उत्कण्ठामा
कहर काट्दै व्यग्र छ मेरो देश।
फेरि अर्को
अपुर्व पर्वको प्रतीक्षामा
छटपटाएको छ मेरो देश।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार