हाइकुहरू – वैरागी जेठा

२०७५ भाद्र १४ गते, बिहीबार

टोपीमा धूलो
मुक्तिको इच्छा गरी
निष्ठुर घाम !

आजित पार्छ
गोलुबको पाखुरा
आफ्नै कर्राले !

राजनैतिकमा
टुक्रै टुक्रा भएको
इमानहरू !

सुताइबाट
साम्प्रदायिक उठे
तिब्र भावना !

सूत्रमा बाँच्नु
आफ्नो काँधमा बोक
कर्कश स्वर !

चुनवाड.का
झरिरहेका खुन
नीलिमा फिका !

मध्य–युगमा
तानाशाही जस्तै छ
भ्रष्ट सभ्यता !

हाम्रो संग्राम
घोडाहरूझैँ दौड्छ
बाजी ठोकेर !

हाम्रो मार्गमा
अवसरवादीले
मिथ्यामा धावा !

काम धेरैले
मन पराएनन्
फासिष्ट वाद !

हामी संकट
दौड्दै आइपुग्यो ऊ
स्वार्थका गफ !

विचार स्पष्ट
धेरैको विश्वास छ
त्याग्न सक्तिन !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार