न बन्नु कहिल्यै प्रदर्शनका आधुकिनक ऐना – राजबाबु श्रेष्ठ ‘सागर’

छाँटिएको बरुली कम्मर भए पुग्दो रहेछ
ए गिद्धेनजर केके देख्छ देख्छ नहेरिकन
कम्मर मात्रै कहाँ होर ! सातै प्रदेश भ्रमण गर्छ
पापी भावको पखेटा हाली
कहिले दुईप्रदेश बीचको चुरेपर्बतमा
पाईला टेक्दछ त कहिले चारकोसे
झाडी चाहार्छन् ।
कति गहिरोगरी दृष्टी पुग्न सकेको हो
माइक्रोस्कोप झैँ ए मेरी बास्सै !
नयनले देख्न न सकेको कुरो
उनको गिद्धेनजरको माइक्रोस्कोप
रगतको ढलमा छिरीछिरी के के छाम्न
भ्याउने भ्याउने
धन्य हौ ए गिद्ध हो ।
गिद्धले त फगत सिनो देख्द छ
उ पर उडिरहेको आकाशबाट
आएर आहार गर्दछ सिनोको
अनि शुद्ध गर्दछ हाम्रो वातावरण
तृप्त भएपछि उ पर हाम्रो देशको स्वाभिमानको
शैलमा उभिएर लाचारीको मान्चित्र हेर्दछ
मेरुदण्ड भाँचिएका भग्नावशेषतिर फर्केर
अनि नियाल्दछ एकेक गरी ओहोर्दोहर गरिरहेका
आधुनिक जिउँदो बुख्याचाहरू ।
तर अर्कोथरि गिद्ध हुँदोरहेछन् यहाँ त
फगत वातावरण अशुद्ध पार्यो हुन्थ्योनी
नस्ल नै अशुद्ध पार्यो यस् सृष्टीका
जहाँ देख्यो बुख्याचा, गिद्धे कसाइनजरको
चापटले टुक्रैटुक्रा पारी मासु भाग लाउँदारहेछन्
गाउँघार, बजार, सहर जहाँकहीँ होस्
बुख्याचामा भोकको मासु देख्छन् ।
र त दिनानुदिन हजारौँ निर्मलाहरू
सेकुवापसलको सुईरोको सेकुवा झैँ
बलत्कारको कोइलामा पाकिरहेका छन्
अनि अर्कोथरि गिद्धहरू वरिपरि बसेर
मुखमा र्याल चुहाउँदै बसेका छन् यसरी
जसरी दाउराको कुन्युमा स्याल
कुखुराको शिकार गर्न ढुकेर बसिरहेका हुन्छन् ।
त्यसैले त
ए आधुनिक बुख्याचाहरू हो ! साबधान !
तिमीहरू एक अमूल्य गरगहना हौ
सजाऊ आफूलाई तर ठाउँमा सजाऊ
महङ्गो वस्त्र किनेर आधुनिकको बुटिकमा
टुक्राटुक्रापारी तयार परिएको आभुषणमा
के तिमीहरू सभ्य देखिन्छ भन्ठानेका छौ ?
होइन,
तिमीहरूले देखेका सभ्याताको ऐनमा
अर्कोथरिको गिद्धले तिमीहरूलाई
सिनो देखिरहेका छन्
तिमीहरू त गहना हौ गहना
के हीरामोती यति सस्तो छन्त बजारमा ?
छैनन् ?
हे गहनाहरू हो !
आफ्नो मूल्य आफ्नै अस्मिताको वस्त्रले
ढाकेर सुरक्क्षित राख
न बन्नु कहिल्यै प्रदर्शनको आधुनिक ऐना
सिसाको ऐना कुनै पनि बखत चर्किन सक्छ
फूल जहिल्यै पनि बगैँचामा फुल्नु
काँडाको देशमा डाँडामा फुल्ने होइन ।