फेरिदै बझाङ्ग – कुमारी लक्ष्मी जोशी

काठमाडौंबाट लगभग १०१९ कि.मी. टाढा रहेको सुदूरपश्चिमको सेती अञ्चलको एउटा जिल्ला हो बझाङ्ग । यो बझाङ्ग जिल्लाको आमूल परिवर्तनका लागि अमूल्य योगदान र त्याग गर्न सधैँ तत्पर रहँदै आइरहको ठाउँमा पनि हो । यस क्षेत्रले राज्यसत्ता परिवर्तनका लागि, देशको आमुल परिवर्तनका लागि गरिने अग्रणी भूमिका खोलेर, बझाङ्ग जिल्लाको शैक्षिक उन्नतिका लागि र सकारात्मक परिवर्तनका लागि अतुलनीय योगदान दिने व्यक्ति जयपृथ्वी बहादुर सिंह हुन् । बझाङ्ग जिल्लालाई पहिलेको तुलनामा विकसित जिल्ला हो । बझाङ्ग जिल्लामा दुई वटा नगरपालिका र १० गाउँपालिका अठपालीमा अवस्थित छ । म सात वर्ष अगाडिबाट पढाइकै लागि काठमाडौंमा बस्छु । बझाङ्ग जिल्ला सदुरमुकाममा पहिले नै यातायातको सुविधा, विजुली बत्तीको सुविधा थियो तर अरु ठाउँमा पेदल हिडेर जानुपर्ने हुन्छ र विजुली बत्तीको नाममा सर्वसाधारण जनताले लाइट, टुक्कीको प्रयोग गर्दछन् भने अलि माथिल्लो स्तरका मानिसले सोलाव बाल्ने गर्दथे । तर आजभोलि विजुलीको सुविधा पनि छ र गाउँ नजिकै जिव पुगको छन् । विजुली बत्तिको लागि कलङ्गा हाइड्रोपावर निर्माण हुँदै गइरहेको छ । कलङ्गा हाइड्रोपावर ७.५ मेगावाट दहवगर मुहानबाट सुरु भई विजगडासम्म संचालनमा आएको छ । यो हाइड्रोपावर बनाउन १० वटा बैंक र १६ वटा होटलहरुको सहयोगमा संचालन हुँदैछ । बझाङ्ग जिल्ला नाङ्गो भएर नवीन हुनु, केही नदेखिएर पनि धेरै थोक भेटिनु बझाङ्ग जिल्लाको विशेषता नै हो । बझाङ्ग जिल्लामा हवाइ यातायातको लागि जयपृथ्वी विमानस्थल पनि छ ।
बझाङ्गमा २ क्षेत्र छन् । क्षेत्र एकको भाषा र दुई क्षेत्रको भाषामा एकदम फरक हुन्छ । जयपृथ्वी नगरपालिका बुङ्गल नगरपालिका भन्दा सबै कुरामा विकसित भएको नगरपालिका हो । शिक्षा, सुविधा, सञ्चारका हिसाबले जयपृथ्वी नगरपालिका अगाडि देखिन्छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सत्यवादी बहुमुखी क्याम्पस भोगपुर बझाङ्ग पपनि जयपृथ्वी नगरपालिकामा पर्दछ । यसको निर्माण बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहले गरेका हुन् । बझाङ्ग जिल्लाका मानिसहरुको मुख्य पेसा भनेको कृषि नै हो । त्यस ठाउँमा मानिसहरु हिमालतिर बस्नेहरु विभिन्न जडिबुटीको व्यापार व्यवसाय गर्दछन् भने वेशीतिर बस्ने मानिसहरु शिक्षण संस्थामा र लाहुर जाने गर्दछन् । बझाङ्ग जिल्लामा धेरै प्रकारका जडिबुटी पाइन्छन् । हिमाली क्षेत्रहरुमा यार्सागुम्बा, पाँचऔले, गन्धराइन, सतुवा, च्याउ, हताजडी, अन्तर, दाल्चीन, सतुवा, जस्ता बहुमूल्य जडिबुटी पाइन्छन् । यी जडिबुटी पाइने समय भनेको वैशाखदेखि मंसिरसम्मको समय हो । बझाङ्ग जिल्लाको सबै ठाउँमा धान, सुन्तला, नासपाती, चुक, कागति पाइदैन तर फल्ने ठाउँमा भने यिनीहरु वेसी रुपमा फल्ने गर्दछ । आजभोलि गाडीको सुविधा भएकालले धान खेती गर्नुभन्दा पनि सुन्तला, चुक, कागती र सागपातमा बढी संलग्न भएका देखिन्छन् । बोटविरुवाका हिसाबलले नेपालको सबैभन्दा बढी उचाइ भएको देवदार बझाङ्गमा नै पाइन्छ र नेपालको सबैभन्दा ठूलो बोटविरुवा सहित भएको पहाड पुर्मचघुली समुन्द्र सतहदेखि २३ सय मिटर उचाइमा रहेको छ । बसोबास गर्दै आएको भूमिमा गहिराइ भएको क्षेत्र केदारसिउँ गाउँपालिका देउरा हो भने सबैभन्दा बढी उचाइमा भएको क्षेत्र धुली गाउँ हो । बझाङ्ग जिल्ला चैनपुरमा सैपाल हिमाल, उराइभञ्याङ्ग, सुर्मासरोवर ताल, छुफु ताल र गुराँस हिमाल छन् र ७५० मेगावाट क्षमताको सेती नदी पनि बझाङ्गमा नै पर्दछ । साइपाल हिमाल चिनको बडरमा अवस्थिथत हिमा हो । यसको उचाई ७०३१ मी. (२३,०६८ फिट) प्रमुखता १,८२४ मी. साइपाल हिमाल गुराँस हिमशृङ्खला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो । स्थानीय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ । यो गुराँस हिमालमा अपीहिमाल पछिको दोस्रो अग्लो हिमाल हो । बुझाङ्ग जिल्ला सदरमुकाम चैनपुरबाट तिनदिनको दुरीमा रहेको सुर्मा एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङ्गीबासीहरु साउनको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको बासस्थान छ भन्ने भनाइ छ । त्यस हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाउँमा पुनः मिसिन्छ । सरोवरको पूर्वपट्टिको डाँडबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान सुत्न मिल्ने बिशाल विरु ओडार छ । दार्चुलातिरबाट आउने तिर्थालुहरु यही ओडारमा बास बस्छन् । विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरु छन् छेवैमा तातोपानीको मुहान छ । त्यहाँबाट दुई कि.मी. पूर्व हिडेपछि धानखेती जिउलो पुगिन्छ । किम्बदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेको देखि थोरे यो अर्काे एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तुरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ हामे । हिमशृङ्खलाको अवलोकन गर्दे धानसेरीबाट ५–६ घण्टा ओरालो झरेपछि सुर्माूदेववी मन्दिर रहेको सुर्मा ठाउँ पुगिन्छ । उहिले सुर्मा र दुर्गा दिदी बहिनी अहिले लोकगाउँ गा.वि.स.मा पर्ने थलीमा बस्थे रे । लसुनको निहुँमा झगडा परेका दिदी बहिनीले अंशवण्डा गर्दा थलीका खेतहरु बग्न थालेपछि तिनै खेतका बीचमा रहेको धागरको रुख तान्दा त्यसको आधा भाग चुडिएर आएछ । त्यो रुख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रुख थलीमै रहेको जनविश्वास छ । बझाङ्ग जिल्लामा प्रचलित धर्म हिन्दु नै हो । यस ठाउँमा मानिसहरुको सामाजिक परिवेश विशेषतः ब्राह्मण, क्षेत्र, दलित, कार्की, मल्ल जनजातिकमो बसोबास रहेको पाइन्छ । यहाँ डोटेली भाषा बोल्ने गरिन्छ । यस ठाउँमा मानिसको पहिरन भनेको दाउरा, सुरुवाल, ढाकाटोपी, गुन्युचोली, धागरा हो । बुझाङ्गमा विभिन्न प्रकारका चाडपर्वहरु मनाउने गरिन्छ । विषु (नयाँ वर्ष) गौरापर्व, दशै,तिहार, नरहरि (माघे सक्रान्ति) आदि शिक्षाको रुपमा हेर्दा र प्रत्येक वडामा कम्तिमा एउटा विद्यालयको स्थापना भई संचालनमा छन् ।
बुझाङ्ग जिल्ला प्राकृतिक सौन्दर्यले विविधता भएको क्षेत्रहो । यहाँ रङ्गीचङ्गी फलफुलहरु, लालिगुराँस, वनजङ्गल, चराचुरुङ्गीको सुमधुर स्वर, स्वच्छ हावापानी पाइनाका साथै स्वच्छ वातावरणमा मनोरञ्जन गर्न पाइन्छ । सुन्दर हरियालली डाँडाकाँडाहरु हिमालहरु कुनै ठाउँमा वेशी परेको त कुनै ठाउँमा पहाडसम्म परेको जमिन रहेको यो ठाउँ अति सुन्दर छ । यो ठाउँ पर्यटकहरुको मनमा बस्न अति नै मनमोहक र आकर्षक छ । त्यसैले आदरणीय पाठकहरु मेरा लेखनीमा मात्र विश्वास नगर्नुहोस्् आफै कम्तिमा एकपटक बुझाङ्ग जिल्लाको भ्रमण गरी यसको भौगोलिक छटा, प्राकृतिक सुन्दरता, जैविक विविधता, पुरातात्विक एवम् ऐतिहासिक महत्व सांस्कृतिक पहिचान बुझाङ्गको एउटा अवलोकन गर्न हुन अनुरोध गर्न चाहन्छु ।