मन – देबी काफ्ले

२०७५ आश्विन ११ गते, बिहीबार

लाग्छ मन यसरी नै
तिमिलाई नियाली रहुं
कानले ितम्रा मधुर
प्रेमालापका ध्वनिहरु
सुनिरहन पाऊं।

तिमिले छातिमा टांसेका
मेरा प्रतिबिम्ब हेर्दै
ब्यक्त गरेको ध्वनिले
मेरो मन तरङ्गित
बनाई रहन पाऊं
यिनै हुन् मेरी प्रिया।।

तिम्रो मुक्त कण्ठले
मेरो प्रेमको जाज्वल्यता
उदियमान गराएको
देख्न पाऊं
सुनी रहन पाऊं
यिनै हुन मेरी प्रिया।।

न वासनाको भोको तिमी
न स्वार्थले अोतप्रोत
तिम्रो निश्चल प्रेमको सम्मान
गरिरहन पाऊं
अनि सुन्न पाऊं
यिनै हुन् मेरी प्रिया।।।

सुन्नु छ मलाई प्रेमको व्याख्या
तिम्रै शब्दमा सुन्न पाऊं
जान्नु छ मलाई
अन्तस्करणको बाध्यता
तिम्रै वाक्यमा जान्न पाऊं
अनि तिम्रो मधुर वाणी
सुन्नु छ मलाई
यिनै हुन मेरी प्रिया
यिनै हुन् मेरी प्रिया।।।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार