दोष – देवी काफ्ले

२०७५ कार्तिक ८ गते, बिहीबार

नारी हुनु नै मेरो दोष हो भने
अामा हुनु नै मेरो दोष हो भने
पत्नी हुनु नै मेरो दोष हो भने
छोरी हुनु नै मेरो दोष हो भने
मलाई सृष्टि नै किन गरिस्
हे ईश्वर मलाई सृष्टि नै किन गरिस् ?
बिधाताको पालना नगरेको भए
सृष्टि नै रोकेको भए
पापीहरुको जन्मलाई रोकेको भए
पुरुषको पौरुषत्व पोख्न रोकेको भए
पुरुषको दासत्व रोकेको भए
मलाई सजाय तोकिदे
हे ईश्वर मलाई सजाय तोकिदे
धरतिमा अवतरण भएको दिन देखि
मैले संसार देखेको दिन देखि
मैले मुख खोलेको दिन देखि
मैले पाईला टेकेको दिन देखि
मैले सास फेरेको दिन देखि
मलाई फलामे साङ्लाले जेलेर राखिस्
हे ईश्वर मलाई फलामे साङ्लाले जेलेर राखिस्।
मैले धर्तिमा टेक्नै पाप
मैले धर्तिमा थुक्नै पाप
मैले धर्तिमा बोल्नै पाप
मैले धर्तिमा सास फेर्नै पाप
मैले धर्तिमा बिकार फाल्नै पाप
मैले धर्तिमा हेर्नै पाप
मलाई पाप नलाग्ने स्थल देखाईदे
हे ईश्वर मलाई पाप नलाग्ने स्थल देखाईदे ।।
पुरुषसंग बोलेकै भरमा रण्डी बन्ने भा
पुरुषसंग स्पर्श हुंदैमा बेश्या हुने भा
जगल्टे कपाल हुंदैमा बोक्सी हुने भा
मुहार कालो हुंदैमा चोर्नी हुनी भा
एकोहोरो काम गर्दा डायन हुने भा
मलाई नारी नै नबनाइदे
हे ईश्वर मलाई नारी नै नबनाइदे ।।
लोग्नेलाई छड्के नजरले हेर्दा डेरी हुने भा
भोकमा एक्लै खांदा कुकुर्नी हुने भा
लोग्नेसंग झगडा गर्दा हुने भा
भो ईश्वर मलाई पुरुष नै बनाइदे
भो ईश्वर मलाई पुरुष नै बनाइदे।।
– रुपन्देही सैनामैना

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार