आखिर को हो यो बिप्लव ? – प्रबिण मिश्र

कहिले कास्किमा डोजर चलांउछ
कहिले दमकमा बम पड्काउंछ
सुकुम्बासी भुमिहिन गरिबहरुका
मजदुर किसान र दलितहरुका
आदिबासी, जनजाती र अल्पसंख्यक हरुका
कुरा उठांउछ, चेतना जगांउछ
संगठित गरांउछ र संघर्ष चलाउंछ
कहिले दलाल फटाहाका अड्डा डढाउंछ
लांखौ जनता हाम्रो दैलोमा भेलाएर
कहिले हाम्रो सत्ताको मियो हल्लाउंछ
आखिर को हो यो बिप्लब ?
दिलिपलाइ जेलमा लड्काएर
बाउ आमा जनता थर्काएर
सामसुम पारेको थामथुम पारेको
निर्मला पन्तको हत्याको कुरा
देशै भरी उचाल्छ र उराल्छ
हामिले मिलाएका सेटिङ्गहरु
थर्काउंछ, भत्काउंछ र बिलिन बनाउछ
घर घर गएर जनताहरुका
समस्या केलाउंछ र न्याय दिलाउंछ
हैन को हो यो बिप्लब ?
इलामको चुरे पहाडहरुमा
जनसेनाका जथ्था घुमाएर
बिकास फलांउछ, बाटो बनाउंछ
बहुमतको स्वर्गमा रमाइरहेका
कर्मचारी, प्रतिनिधि र सहयोगिहरु
बिचौलिया, तस्कर र ठेकेदारहरु
थर्काउंछ, कमाउंछ र घुसै छदाउंछ
हैन को हो यो बिप्लब ?
हामी ५० औं हजारको सुरक्षामा छौं
बुलेटप्रुफ र एअरक्राफ्टको बिचमा छौं
तरै पनि असुरक्षित छौं , आतंकित छौं
तर उ जनताको बिचमा छ
गाउँ , बस्ति र झुपडिमा छ
तर पनि सुरक्षित छ निडर छ
होइन को हो यो बिप्लब ?