हरेक नेपालीले सुन्नै पर्ने गीत ः ‘बिदेशी गल्ली गल्लीमा’

काठमाडौं, ५ पुस । चिरन पुनको शब्द र संगीत रहेको राष्ट्रप्रेमले भरिएको ‘बिदेशी गल्ली–गल्लीमा’गीत हरेक नेपालीले सुन्नैपर्ने खालको छ । जसलार्ई सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको पनि छ । पुनको शब्द र संगीत रहेको गीत ‘बिदेशी गल्ली–गल्लीमा’ लार्ई स्रोताले अत्याधिक रुचाएका छन् । गीतमा नेपालीलार्ई बिदेशको गल्ली–गल्लीमा भौतारिन कसले र किन बाध्य पारियो भन्ने भाव मार्मिक ढंगले प्रस्तुत गरिएको छ । अधिकांश नेपाली श्रमिकहरु बिदेशमा अमानवीय ढंगले काम गर्न बाध्य पारिएको तथ्यहरु सार्वजनिक भइरहेको बेलामा गायिका निर्मला घिसिङ्द्वारा स्वरबद्ध यस गीतले आफ्नै देशमा फर्केर आफ्नै माटोमा मेहनत गर्न सम्पूर्ण नेपाली पर्देशिहरुलार्ई आह्वान गरेको छ । साथै गीतले आफ्नो राष्ट्रको स्वाधीनतामाथि पराइले हस्तक्षेप गर्दा पर्देशी बनी कहिलेसम्म दशको क्रन्दन हेरिरहन्छौ भन्दै देशको सुरक्षा र समृद्धिको लागि आफ्नै देशमा फर्कन प्रेरित गरेको छ । आशिष अविरलको संगीत सम्योजन रहेको गीतलार्ई सोहन घिसिङ्ले स्टुडियो भिडियोग्राफी गरेका छन् ।