नेपाल आमा – देवी काफ्ले

२०७५ पुष १८ गते, बुधबार

नेपाल आमा हेर त तिम्रो काख!
त्यहाँ त बलात्कारीले जन्म लिएछ!
नेपाल अामा हेर त तिम्रो काख!
त्यहाँ त न्यायको लास रहेेछ!

नेपाल आमा हेर त तिम्रो काख
त्यहा त हजारौं निर्मला
मडारी मडारी रोईरहेछन्
कर्कट ध्वनिमा न्याय मागि रहेछन्!

नेपाल अामा हेर त तिम्रो काख
गद्दारहरुले फोहोर पारीदिएछन्
नेपाल अामा हेर त तिम्रो काख
कंश र कौरवहरुले युद्ध गर्दैछन्!
नेपाल अामा
नेपाल अामा हेर त तिम्रो काख
तिम्रा धृतराष्ट्रले तिम्रै कलेजो बेचेछ
हेर त अामा तिम्रो दुर्योधनले
द्रौपदीको चीर हरण गर्दै छ!

नेपाल अामा हेर त तिम्रो काख
त्यहाँ त शकुनि बुर्कुशि मारीरहेको छ
सोझा पाण्डवलाई निष्प्राण बनाउदै
उखुबारीमा मिल्काउदै छ।

नेपाल अामा अब कति जन्माउछेउ
पापी दानवहरुलाई ??
तिम्रो मातृवात्सल्यको खिल्ली
उडाउनेलाई???

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार