जान्दैन– बलराम तिमल्सीना

जान्दैन हो जान्दैन , कहिलै जान्दैन !
अचानाको पिर के हो खुकुरीले जान्दैन !!
बन्दूकले छात्तीको दुख जान्दैन
तरवारले घाँटीको पीडा जान्दैन
जित्नेले जित जान्दछ तर
हार्नेको दुख कैलै जान्दैन !
जान्दैन हो …..
इतिहास लेखिन्छ जित्नेहरूको
सर्वश्व मेटिन्छ हार्नेहरूको
नलेखिएको गुमनाम इतिहास
चिहान नखोस्री क्वैले जान्दैन
जान्दैन हो…….
जित्नेहरू हो तिमी हारेर हेर
एक पल्ट पिँधमा पारेर हेर
गुमाउँनेको गुम्नुको पीडा
कमाउँनेले कैलै जान्दैन !
जान्दैन हो…….
ब्युँझ ए हार्ने मान्छेहरू हो
ए आँसु झार्ने मान्छे हरू हो
आफैले भन दुख्छ कसोरी
अरुले तिम्रो दुख जान्दैन
जान्दैन हो….