बिप्लवद्वारा रचित सपनाका यात्रीहरु छिट्टै सुन्न पाईने

२०७५ माघ ६ गते, आईतवार

काठमाडाै, ६ माघ । नेपाल कम्युनिस्ट पार्टीका महाचिव बिप्लवद्वारा रचित अत्यन्त मिठो र दार्सनिक गित (सपनाका यात्रीहरु) चिरन पुनको सङ्गितमा आउदैछ । सङ्गीतकार चिरन पुन गितहरु नियमित बनिरहेका हुन्छ्न, तर यति मीठो र सुन्दर शब्दले सजियको गितको सङ्गीत गर्ने अवसर प्राप्त हुनु गर्ब भएको बताउछन । पुनले गितको शब्द अनुशार सङ्गीत पनि मीठो बनेको बताउदै योगेश काजिको एरेन्ज र भोकलमा छिट्टै सुन्न पाईने बताए ।

गितको शब्द यस प्रकार रहेको छ :
सपनाका यात्रीहरु
सपना जोगाउनु पर्छ
सपनामा जिउँछ जीवन
सपनामा रम्छ जीवन

सपना बाचे जीवन बाच्छ
सपना मरे जीवन मर्छ
सपनाहरु मर्न नदेउ
सपनाहरु झर्न नदेउ

भुरुरु उड्यो पङ्छी
पङ्छी झै उड्यो मान्छे
सपना उड्यो पङ्छिसङ्ग
मान्छे उड्यो सपनासङ्ग

चमचम गर्ने तारा
तारा झै चम्क्यो धर्ती
सपना चम्क्यो तारासङ्ग
धर्ती चम्क्यो सपनासङ्ग

निरन्तर बग्ने समय
समय झै बदलिन्छ युग
सपना उड्छ युगसङ्ग
युग फेरिन्छ सपनासङ्ग ।

रचना : नेत्र बिक्रम चन्द “बिप्लव”
सङ्गीत : चिरन पुन
स्वर : योगेश काजी
एरेन्ज : योगेश काजी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार