एउटा कविको वक्तव्य – बलराम तिमल्सिना

२०७५ फाल्गुन २९ गते, बुधबार

अहिले नेत्र विक्रम चन्द वाला पार्टीलाई प्रतिवन्ध लगाएको त हो नि भनेर प्रणय रसका कविता कथेर हाई काढ्दै बस्यौ भने संझ- अव दोश्रो पालो तिम्रो पनि हुन सक्छ ।
किन कि-
सरकारलाई वलात्कार मन पर्छ प्रेम मन पर्दैन ।
सिके राउत महान र विप्लव लुटेरा लाग्छ।
ए कविहरू !
डराएर कुना पस्ने हैन है। आरनमा कविताको बन्चरो बनाउँन सुरु गर !
तानाशाह सेतो भए पनि रातो भए पनि त्यो आदमखोर हुन्छ ।आदमखोर तानाशाहका खप्परमा कविताको बन्चरोले भने पनि हानिरहनु पर्छ।
कोही नलुकोस, कोही नझूकोस, कोही दायाँ वायाँ नलागोस ।कोही नभागोस।
यो वेला कृष्ण सेन इच्छूकको कविता झल्झली संझदै छु-
“तिमी भन्छौ-
गाऊ न त गाऊ
तर त्यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं !”
कविहरू भजन गाउँन जन्मेका हुदैनन्
ती त क्रुर सत्ताको टाउकोमा आगो वाल्न जन्मेका हुन ।
आऊ आगो वाल्न सूरु गरौं !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार