बबई साहित्य गोष्ठी चैत् १६ मा हुने

२०७५ चैत्र ५ गते, मंगलवार

काठमाडौं, ५ चैत । स्थगित भएको “बबई साहित्य गोष्ठी २०७५” आगामी चैत्र १६ गते हुने भएको छ । आयोजक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा, अमर गिरी, गिरीराज शर्मार जन गाएक जीवन शर्मालाई आमन्त्रण गरिएको सो कार्यक्रम कवि गोष्ठी र साङ्गितिक प्रस्तुति गरि दुई चरणमा सम्पन्न हुने बताइएको छ । सो कार्यक्रममा दाङका अन्य स्थापित साहित्यकारहरु कृष्णराज डि.सी. , यज्ञ बहादुर डाँगी, टीकाराम उदासी, उत्तमकृष्ण मजगैंया, केशव थापा, राम प्रसाद जैसी, हिरामणि दुखी,पद्म प्रसाद शर्मा, राम प्रसाद जैसी, शरद अधिकारी, खगेश्वर भण्डारी, शशिधर भण्डारी, केशव थापा, भुवन देवकोटा, नवीन अभिलासी, घनश्याम अस्तित्व, दीपा धिताल, भावना न्यौपाने, शारदा शर्मा, टीकाराम रेग्मी, टीका बस्नेत, रन्जित बुढा, राधिका परियार, प्रबल बिष्ट, प्रकाश के.सी. लगायत स्थानीय प्रतिभाहरुको पनि जमघट रहनेछ । साथै कार्यक्रममा वाचित रचनाहरु संकलित गरि “बबईका सुसेलीहरु” नामक कविता सङ्ग्रह पनि प्रकाशनको तयारीमा रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार