डराउँन त डराऊ – बलराम तिमल्सिना

२०७५ चैत्र ८ गते, शुक्रबार

डराउँन त डराऊ
तर यसरी नडराऊ
तिमी डराएको देखेर
बच्चाहरूमा लहरे हाँसो नआवस !

भाग्न त भाग
तर यसरी नभाग
धोती छुट्ला, टोपी छुट्ला
साथीहरू छुट्लान
नानीहरू छुट्लान
तिमीले मायाँ गरेर हुर्काको
कलिलो सपना छुट्ला
र अझ मूख्य कुरा
भागेर जानु पर्ने ठेगाना लेखिएको
कागजको चिर्कटो पनि छुट्ला

भाग्न त भाग
तर तरिका मिलाएर भाग
भाग्दै गर्दा पनि देखियोस-
कुनै सिपाही आक्रमणमा गैरहेको छ !

युध्द जस्तै र प्रेम जस्तै
नयाँ यात्रा पनि अनिश्चयको क्षेत्र हो
यहाँ पनि,
भर्खरै सद्दे छोडिएको साथी
एक छिनपछि विरामी पर्छ
भर्खरै तगडा कुरा गर्ने मान्छे
लुगलुग काँपेर लूगा बिगार्छ
यहाँ पनि
साथ हुन्छ, घात हुन्छ
लेखाजोखा हुन्छ , धोका हुन्छ !

नयाँ यात्रामा निस्कदा
को सँगै हुन्छन र को को छुट्छन
त्यो कुरा
यात्रा नथाली थाहै हुँदैन !

भाग्न त भाग साथी
तर यसरी पनि नभाग
भोलि कसै गरी भेट भयो भने
हात मिलाउँन असजिलो नहोस !

डराउँन त डराऊ साथी
तर यसरी पनै नडराऊ
डराउँनु पर्ने कुरासँग डर लाग्न नछोडोस !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार