आज घोडेजात्रा
काठमाडौँ, २२ चैत । आज चैत कृष्ण औँसी अर्थात् घोडेजात्रा । यो पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा समेत दिएको छ । बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनेर घोडेजात्रा पर्व मनाइने गरिएको सरोकारवालाहरु बताउँछन् । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गरेको र यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।