शताब्दी पुरुष सत्यमोहनको सयौं जन्मोत्सव मनाइदै

२०७६ बैशाख ३० गते, सोमबार

काठमाडौं, २९ बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीको आज एक सयौं जन्मोत्सव मनाँइन लागिएको छ । उनको सयौं जन्मोत्सवमा आज ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजनासमेत गरेको छ । उनको सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरिएको छ । उनलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरले जनाएको छ । पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बनाउँदै उनलाई घुमाइने छ । उनको जन्मोत्सव कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन् । बिहान साढे ११ बजे र्‍याली सुरु हुने र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डले जन्मोत्सवको माहौल थप रमाईलो बनाउने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार