ए दलाल सरकार हेर-ओमप्रकाश पुन

२०७६ असार ७ गते, शनिबार

ए दलाल सरकार हेर
अाँखा तरेर हेर
कान खाेलेर सुन
तेरो नक्कली मुडभेटले मारिएका
जनता लाेकपृिय नेता
पार्टीका क्रान्तिकारी याेद्धा
कमरेड कुमार पाैडेलकाे
शव यात्रामा निस्केको जनसागर हेर
ए उख्खाने केपी हेर
ए गु खाने पिके हेर
ए सु खाने रामे हेर
तेरो अादेशमा गाेली चलाउने
भिजिलान्ते हत्याराे पुलिस हेर
जनताको निम्ति बलिदान गर्ने
महान क्रान्तिकारी काे मृत्यु
कस्तो हुँदाेरहेछ हेर
तेरो कथित मुडभेटलाई
जनताले ठाडै खारेज गरिदिए
तैले अपराधी सावित गर्न खाेजेकाे
कमरेड कुमार पाैडेललाई
क्रान्तिकारी जनताले
महान सहिद घाेषित गरिदिए
कमरेड माअाेले भनेका थिए
जनताको लागि मर्नेको मृत्यु
ताई पहाड भन्दा गरुँगो हुन्छ
जन हत्याराकाे मृत्यु
कुखुराको प्वाँख भन्दा पनि हलुँगो हुन्छ
साहेद अाज
ए केपी, पिके र रामेहरु हाे
तिम्रो मुटु पनि साहेद काम्दै छ हाेला
तिमीले गाेली हान्न अादेश गरेको
हत्याराे पुलिसकाे पनि
साहेद हात काम्दै छ हाेेला
हेर्दै जाउ दलालहरु हाे
एक दिन एक युग
यस्ताे पनि अाउनेछ
तिम्रो मृत्युमा
स्यालहरु रुनेछन्
मलामी नपाएर
तिम्रा लाशहरु कुहिने छन्
तिम्रा हत्यारा भिजिलान्तेहरु
यत्रतत्र झाडिमा सड्नेछन्
एकीकृत जनक्रान्तिकाे
महान यात्रामा
लाखौं जनताका छाेराछाेरीहरु
हजारौं कुमार पाैडेल भएर
गाउँ गाउँमा जन्मिरहने छन्
एक मरे हजार जन्मिने
रक्त बिजहरु हुन क्रान्तिकारी
भाैतिक शरीर ढालेर
अास्था कहिल्यै मार्न सकिदैन
हाे हिजो तिमीहरूले
यस्तै अादर्श सिकाउथ्याै
तर अाज तिमिले
सबै कुरा भुलेउ
भुलेउ मात्रै हैन
हिजोका शासकहरुले
जसरी हत्याकाण्ड मच्चाउथे
अाज तिमीले
हिजोका सहयात्री माथि
त्यस्तै त्यस्तै गर्दैछाै
र लगाउदै छाै नारा
कथित शान्ति र समृद्धिकाे
धिक्कार छ तिम्रो चीत्कार
खबरदार,सामाजिक फाँसिवादीहरु हाे
तिमी छिट्टै ढल्ने छाै
हामी छिट्टै जित्ने छाै
महान सहिद कुमार पाैडेलकाे
सपना साकार पार्ने छाै
हेर सरकार हेर
सडकमा उर्लिएकाे जनसागर हेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार