माला जात्रा – अर्जुनराज पन्त

प्राण घातक माला
यमपंचक गैसक्यो छैन कुकुर तिहार
ठाउँ न कुठाउँ माला लगाइ मन्त्रीज्यूको सबार
किरियापुत्री भेट्दा समेत लायौ आज माला
जहाँ जाँदा नि लाउनै पर्ने अचम्मैको चाला
चाकडी र चाप्लुसीले शुन्य बिबेक आज
यस्ता ठाँउमा माला लाउन छैन तिम्लाई लाज
जनवादी किरिया हो कि कस्ता ठाउँमा गयौ
गलाभरि माला लगाइ कार्टुन नै पो भयौ
पूजा आजा खुशीयाली कि त कठै लाशमा
अप्रसंगी माला देखे आज जिउँदा शासमा
तिम्ले लाको मालादेखि भाको होइन रिस
कुपात्रमा पर्दाखेरि अमृत पनि बिष
रहर हो कि प्रतिष्ठा हो अचम्मै पो भा छ
पूmलै पूmलले नेता पुर्ने नौलो चलन आ छ
तिमी मात्रै हैनौ यस्तो सबका यस्तै चाला
विदेशबाट पूmल झिकाइ नेता ज्यूलाई माला
त्यही पूmलको माला लगाइ स्वाबलम्बी भाषण
पूmलै पूmलको चिता हो कि नेता ज्यूको आसन
थेग्दा रैछन हनुमानले दुइटा छेउमा बसि
गर्धन सर्धन भाँचिएला चिप्प्लिएर खसि
हातै गली चिप्लिएर माला तल खस्दा
ज्यानको डर त मान गाठे धराप मुनि बस्दा
शिसुपाली गर्धन माथि दुइ क्विन्टलको माला
त्यहि मालाले च्याप्पिएर तिम्रो परान जाला !!!
कृषि प्रधान शरीर
फुकालेर हरका लुगा धानका बिउले छोपी
कोहीले लाछन शीरै माथि बनाएरै टोपी
सम्मान हो कि अपमान हो बिचित्रै छ आज
हरको बश्त्र हटाएर बिउले छोप्छन लाज !
फाँटैभरि रोपिने बिउ होटल भित्र गाछ
मनि प्लान्टको हाँगोसरि गमलामा ला छ
गमलामै पूmलोस फलोस त्यही झुलोस बाला
जस्ले रोप्छ गमलामा त्यसले त्यही खाला
नभरिएमा उसको भुँडी त्यो धानका भातले
गमलाकै माटो खाओस उभाएर हातले
कसैको छ शिरै माथि टोपी जस्तै गरी
देखिएको उनको टाउको खेतको गरासरि
उखरभूमि त्यो टाउकोमा क्यारि बिउ उम्रो!
थोपरो कि हिलो कतै मार्छु भनि जुम्रो
ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटासरि देख्दा
तर्सिएलान् बच्चा–बच्ची बनमान्छेमा गनि
सातो जाला तर्सिएर यसले छल्छ भनि !
लोभिएर बाख्रा बोका आउलान त्यहि चर्न
तिम्रा हरको धानको बिउले उनको भुँडी भर्न !
धर्ती स्वरुप नारी शरिर बश्त्र लगाइ छोप
दुईटै मात्रै किन नहोस गाभा खेतमै रोप
बाँझै छाडि खेत सबै रोपाँइ शरिर भरि
बश्त्रसरि धानको बिउ कम्मर वरिपरि
कृषि प्रधान देशमा आज कठै यस्तो चाला
धानको विउका भित्रि बश्त्र अनि गलामाला !
खेतैभरि बनमारा घाँटी भरि धानछ
बिदेशी त्यो रड्डी चामल मिठो मानि खान्छ !
धानकै बिउको माला बश्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयो भएन नि देश !
एप्पल माला
एप्पल घडी देखिन्थ्यो नि हातका नाडी भरी
आज देख्छु एप्पल माला गला वरिपरी
गरेउ कि त आविष्कार केहि दुरदराजमा आज
एप्पल ब्रान्डको स्मार्ट माला विश्व बजार माझ!
ट्याबलेट, घडी, कम्पुटर, फोन जस्तै गरि बनि
बधाई छ है ल्याउँदा आज एप्पल माला पनि
कस्तो फिचर लिइ आछ आज यसो गरी
एप्पल ब्रान्डकै सामान सरि छाओस् विश्वभरी
सोलारबाट चल्ने हो कि लाग्छ ब्याट्री पनि?
तामे तार पो उन्या छ कि चार्ज गर्नलाई भनि!
क्यारी उनेउ माला त्यस्तो क्यारी सफ्टवेयर भरेउ!
कारखानामै हलेउ कि त तिम्रै हातले गरेउ?
दुर्गम मै फली कुहिने अमृत जस्ता फलले
माला बनि बजार पाउदा नेता ज्यूका बलले
मूहार फिरोस् ति किसानको जसले यो फल लाए
नेता ज्यूको कृपाले यी विश्व बजार पाए !
बजार नपाई कुहिने स्याउको बन्दा स्मार्ट माला
नेता ज्यूको आविष्कारले विश्व बजार खाला !
किसान मात्रै हैन होला अब देशै पनि
एप्पल माला बेचिकन हुन्छ होला धनी !
बहुराष्ट्रिय कम्पनी त्यो आओस् त्यहि गाँउमा
एप्पल माला निर्यात गर्न उसले अनेक ठाँउमा
आविष्कार हैन र यो हो यो भने रहर
माला लाउनी तिम्रो रहर बन्ला फेरि जहर
श्याउका दानामा कहिँले काँही त गुटुमुटु परी
झुशिलकिरो पनि लुक्छ नदेखिने गरि
रहर गरि जे को पनि माला लाउँदा खेरि
सल्किएला झुशिलकिरो फेरि हर भरि
उद्घाटनमा भने पछि जे मा पनि धाउदा
जे को गरेउ उदघाटन त्यसकै माला लाउँदा
बोलाउलान् नि कोहि कसैले जुत्ता पसल खोल्दा
कस्तो होला त्यहि जुत्ताको माला लाएर बोल्दा!
सुन्दै छु त खुल्ने हो रे सिस्नो फारम पनि
सुकाएर धुलो बनाइ निर्यात गर्न भनि
उद्घाटनमा जाउला फेरि सिस्नो फारम तिर
होसै नपाई माला लाउला पर्ला ठूलो पिर