हाइकुहरु – वैरागी जेठा
 
                आलोक प्रवृत्ति
अनगिन्ती असला
गुञ्जित हुन्छ । 
युवा चेतना
समाजशास्त्र बोल्छ
सालघारीमा । 
दुईटा आँखा
बिझाउँछ आफैँमा
ग्रहण –ग्रास । 
शरद रुन्छ
अग्निगर्भमा क्रान्ति
समाजशास्त्र । 
अमृत ज्ञान
उछिट्टिएको दिन
हावामा रम्छ । 
रोइदिन्छ म
सर्वहाराका गीत
थिति समाल्न । 
अदृश्य जाति
मुक्त गर्नेहरुका
बन्द छ आँखा । 
बेग्लाबेग्लै छ
समाचारको न्याय
आधारहीन । 
आभास हुन्छ
जनयुद्धका घाम
विधर्मी बन्दा । 
कम्पोसा गीत
किचिएर सकिन्छ
नयाँ पुस्तामा । 
नौलो युगको
भीडमा बाँचेर ऊ
हराउँदै छ । 
तरुनो योनी
चारैतिर सुनिन्छ
अमर गाथा । 
जंगल जाल
लाखाँहरु लश्कर
वर्गनीतिमा । 
फोर्दै फार्दै ऊ
कृषिको अर्थतन्त्र
आकार भङ्ग । 
छाती भाँचेर
शोषण अघिबढ्यो
मण्डल आज । 
घुच्चाको पीडा
गहभरि आँसुका
बाढी बग्दछ । 
रंगिन साँझ
पुर्पुरोमा दनक
बूढी सूर्यकी । 
रण्डीबजार
चिच्याइरहेको छ
धरोधर्म हो । 
कल्कीका झुप्पा
हेलोहोचो कमाएँ
मौजा उनकै । 
कोसिस गर्दै
पानीमरुवाहरु
सडकतिर । 
भुँवरीमा छ
वर्तमान समाज
आँखाका गेडी । 
झमेला भयो
पागल नै रहेछ
समय फालो । 
पश्चाताप छ
तातो रगत बल्छ
होसियार हौ । 
हाम्रो वेदना
भुँवरीमा हेलिँदै
विचार झुक्छ । 
हामी जिप्सी हौँ
गर्दै पुकार आमा
स्वतन्त्रतामा । 
मान्छेहरुका
चेतनाको जुर्मुर
भैरव नृत्य । 
अँगालो हाल्दै
एक्सप्रेसमा डुल्छ
रेकड तोडी ।

 
                 
                             
                             
                         
                        