पागल हुन मन् छ – बलराम तिमल्सिना

२०७६ मंसिर २३ गते, सोमबार

मलाई साँच्चै साँच्चै साँच्चै पागल हुन मन् छ !
पागलपनका सवै सीमा र उचाई छुन मन् छ !

तिम्रा जुत्ता चाटी चाटी टिलिक्क टल्काउँने-
सद्देहरूको देखेर हालत् बेस्सरी रुन मन् छ !

हाम्रो रगत हाम्रो पसिना हाम्रो आँसुले हैन !
तिम्रो रगत र आँसुले अव धरती धुन मन् छ !

मान्छे मान्छे एकाम्य बन्ने आदिम कलजस्तै !
घुमेर चक्र समाजको पुग्नलाई पुन: मन् छ !

लुकाउँदिन सपना मेरो खुला खुला म भन्छु !
ओ शासक हो खुलेर भन्छु सवैले सुन मन छ !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

काम खुलाई दे

२०८२ असार २९ गते, आईतवार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार