गजल गायक निशान भट्टराईको मृत्यु

२०७६ पुष २९ गते, मंगलवार

काठमाडौँ, २९ पुष । गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परि गए राति मृत्यु भएको छ। गए राति बा १० च ३०४ नम्बरको कार काठमाडौँको तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । कार ठोक्किएर गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा मृत्यु प्रहरीले जनाएको छ।
सुनसरीको धरान उपमहानगरपालिका १४ स्थायी घर भएका भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए। उनी गायिका लोचन भट्टराईका भाइ हुन्। प्रहरीका अनुसार भट्टराई दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टमा नियमित काम गरेर घर फर्कने क्रममा दुर्घटना भएको हो। भट्टराईका श्रीमती, एक छोरा एक छोरी छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार