खबरदार दलालहरु हो – हस्तबहादुर केसी

खबरदार दलालहरु हो !
कोशी गण्डकी बेचेर
पुगेन तिमीहरुलाई
खबरदार राष्ट्रघातिहरु हो !
कर्णाली काली बेचेर
पुगेन तिमीहरूलाई
खबरदार जनघातिहरु हो !
कालापानी लिपुलेक बेचेर
पुगेन तिमीहरूलाई
खबरदार देशबेचुवाहरु हो !
सुस्ता महेशपुर पशुपतिनगर बेचेर
पुगेन तिमीहरूलाई
खबरखार लम्पसारवादीहरु हो !
साठ्ठी हजार जमिन ७२ स्थान सिमाना बेचेर
पुगेन तिमीहरूलाई
खबरदार भ्रष्ट कुलंगारहरु हो !
एनसेलबाट खरवौ हसुरेर पनि
पुगेन तिमीहरूलाई
खबरदार मख्खिचुसहरु हो
जनताको करमाथि ब्रह्मलुट मच्चाएर पनि
पुगेन तिमीहरूलाई
खबरदार नैतिकहरामहरु हो !
तस्कर कालाबजारीया माफिया र बिचौलीयाहरुबाट
कमिशन खाएर पनि पुगेन तिमीहरूलाई
खबरदार अमेरिकाद्वारा सञ्चालित दलालहरु हो !
तिमीहरूलाई केही पनि नपुगेर
आज तिमीहरूले पचास करोड डलरमा देशलाई बेच्दै छौ
खबरखार नैतिकहराम दलालका पनि दलालहरु हो !
अब पचास करोड डलरमा र्याल काड्ने दलालहरले
पैसा पायौ भने देश त के
जन्म दिने आमालाई पनि बेच्न सक्छौ
होस् गर भारत अमेरिकी चारो खाएर बाँचेकाहरु हो !
तीन करोड नेपाली जनता सुनामी बनेर
आउँदै छन् तिम्रा आलिशान महलहरु भत्काउन भनेर
ख्याल राख जनघाी राष्ट्रघाती दलालहरु हो !
नेपाली जनताले तिमीहरूलाई सोह्ररेर
पुर्याइ देलान कुराकर्कट झै हिन्द महासागरमा
त्यसैले अब नचम्क नझम्क दलालहरु हो !
तिम्रो आयू
डाँडामाथि जुन झै बनिसकेको छ ।।