ट्याटु कन्भेन्सन फागुन २३ देखि

२०७६ फाल्गुन १५ गते, बिहीबार

काठमाडौं, १५ फागुन । ट्याटु अहिलेको युवा पुस्ता माझ फेसनको रुपमा बाड्दो छ। नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रुपमा अनुसरण गरिन्छ । तिनै ट्याटु प्रेमी युवाहरूलाई लक्ष्यित गरि यहि फागुन २३ र २४ मा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा ‘टुबोर्ग ललितपुर ट्याटुु कन्भेन्सन’ को आयोजना गर्ने गरेको छ ।
नखिपोट बास्केट बल कोर्ट, ललितपुर हुने र्कायक्रमको उद्घेश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको छ। यस कार्यक्रममा ललितपुरका लगभग ३० ट्याटू कलाकारहरुले भाग लिदै छन् ।
उक्त दुइ दिने कायक्रममा मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ नेपालका चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले गीत संगीत प्रस्तुत गर्ने छन। साथै, प्रत्यक्ष सांगीतिक कोसेलीका लागि ब्यान्ड सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेट यामान’ , र ‘दि मेमोरिया’ ले आ–आफ्नो प्रस्तुती प्रदर्शनी दिनेछन ।
टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रीसियस आर्ट, आभा मोशन पिक्चर, र आइडियल कन्स्ट्रक्सनले साथ दिएका छ्न।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार