बिश्वका मज़दूर एक हौं – झपेन्द्रराज बैद्य

२०७७ बैशाख १९ गते, शुक्रबार

शासन हुकुमी त छैन भनाइमा
काशन हुकुमी हो
नसोध रेडियोमा
माफीमाग्नुपर्ला है!
नलेख पत्रिकामा
धरौटीमा रिहाहुनुपर्ला है!
उस्तै हो र! ब्यंग्यगरे
पूर्व सचिब पनि पर्छन् भंगालमा
पूर्व मंत्री पनि निषेध हुन्छन्
पाइदैन है उजुरी दिन
सत्ताको बल अगाध छ
जे गर्छ गर्छ चूपचाप लाग्ने हो
छुट छैन बिरोधगर्न जस्तै परे पनि।
एउटै लाइनमालागे पछि भू पूजी
त्यही कानूनमा चल
बिचारको भाँडो ख़ाली छ
उपाय त छैन अब जे भन्छ उही गर

लोकतन्त्र त छ नि बलियालाई छ
अभिब्यक्ति स्वतन्त्रता त छ नि
तर उसैलाई छ जुन बलियो छ।
बलियाको बिपक्षमा चल्दैन उजुर!
जंगेले जे गर्यो त्यही हुन्छ हजूर!
बेल्दैनन् जनता मुखमा चुकुल छ
बोल्ने भने मन्त्री त जोखिम छ।
कसैले नभन दलाल भष्मासुर
परौलानि जेल बेकसुर
ओम्रीको औषधी खानैपर्ने
कोभिड -१९ मा माफियाको चलखेल
कोभिडमै चल्छ बिधेयक अनेक
मजदूर बिद्यार्थी छन् अलपत्र
भोकभोकै पाँच सय कि मी
काठमाण्डौ कैलाली
महाकाली पारि अलपत्र नेपाली
कोरोना भाइरसमा एकान्तबास छ
लकडाउनमा पनि नारा जुलूश
आफ्नालाई बोक्ने अरूलाई ठोक्ने
न्यायहराए गोरखा जानूभन्थे
भू पू मन्त्री न्यायको उपचारमा
मानब अधिकार आयोगमा
जति दमन हुन्छ उती सत्ताको अधिकार
जनतामा हाहाकार केही छैन आधार
अन्तर्राष्ट्रीय मजदूर दिवसमा
काम बिना मज़दूर भोक भोकै
केरोनाको कहर गाउँघर शहर
आज ११ लाख मज़दूर
न वल्लो घाट न पल्लो घाट
५० लाख बिदेशमा थुनिएछन्
किन भयो श्रमिकको उपहास!
के जनता आउनपाउँदैनन् घरमा?
बिप्रेशन धान्ने जनता नयता नउता
आज मे १ मज़दूर दिवस
शुभकामना शुभकामना!
बिश्वका मज़दूर एक हौं

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

काम खुलाई दे

२०८२ असार २९ गते, आईतवार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार