म ऐया आत्था गरिरहें – बलराम तिमल्सिना

२०७७ जेष्ठ १८ गते, आईतवार

म ऐया आत्था गरिरहें
तिमी मुसुमुसु हाँसी हेरिरह्यौ !
उत्पीडनमा मुसुमुसु हाँस्ने
तिमी गौतम वुध्द कसरी भयौ ?
म ऐया आत्था गरिरहें…..!

म गुहार लगाई रोइरहें
तिमी उल्टै मलाई टोकसिरह्यौ !
यस्तो विवेक मरेको मान्छे
तिमी न्यायधिश कसरी भयौ ?
म ऐया आत्था गरिरहें…!

म हजार पल्ट चिमोटिएँ
म हजार पल्ट निमोठिएँ
म हजार पल्ट लखेटिएँ
म हजार पल्ट पछारिएँ
मेरो दलन मेरो जलन सब
तिमी मात्रै टुलुटुलु हेरिरह्यौ
यस्तो मूर्तीजस्तो मान्छे
तिमी सामाजिक कसरी भयौ ?
म ऐया आत्था गरिरहें…..!

लुटको भाग हरेक पटक
लुसुक्क बसेर खाइरह्यौ
चीरहरणमा सँधै तिमी
दर्शक बन्न आइरह्यौ
तिम्रो जुवाको खालमा
मलाई च्याँखे थापिरह्यौ
यस्तो जुवाडे छुसी तिमी
धर्म युधिष्ठिर कसरी भयौ ?
म ऐया आत्था भनिरहें….

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार