चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल

काठमाडाैँ, २३ जेठ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त गरेको छ । बोर्ड अध्यक्ष बन्नका लागि फिल्म लेखक, निर्देशक तथा गीतकार दयारामसहित दशजनाले आवेदन दिए पनि ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो । मन्त्री परिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो। मन्त्री परिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठह-याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।