क्वारेन्टाइनमा जाऔं – रमेश सुनार ‘अग्रिम’

जाऔं हामी जाऔं
क्वारेन्टाइनमा जाओँ
किन कि क्वारेन्टाइनमा आज
सयौं हजारौं युबाहरु भर्ना हुदै छन रे
त्यहाँ उनलाई अभावले पठायो रे
त्यहाँ उनलाई बेरोजगार ले पठायो रे ।
हो ति युबाहरु
जो स्वणिम जिबनको भबिस्य खोज्दै
लालाबालाहरुलाई पढाउने भनेर
असल अनि ज्ञानी मान्छे बनाउने भनेर
६० पुगेकी आमालाई खुशी दिने भनेर
४० नकाट्दै साहुको हलो जोत्दा जोत्दै
खै कुन रोगले हो यो धर्तीबाट
अस्ताएका बा को सपनालाई
साकार पार्ने भनेर
गएका थिए रे तिनीहरु
भारतका गल्ली गल्लीहरुमा
अरबका मरुभूमिहरुमा
गोठालो र चौकिदारी गर्दै
कुटो कोदालो र गैटीसङ्ग खेल्दै
कहिले भारी बोक्दै, कहिले भाडा माझ्दै
कहिले ठेक्का पट्टा, त कहिले ओस्ताज
कहिले वेटर, त कहिले होटेलमा क्याप्टेन
अनि म्यानेजर हुँदै
जिबनलाइ चलाइरहेका थिए रे ।
आज फेरि तिनलाई भारतले लखेट्यो
आज फेरि तिनलाई कतारले लखेट्यो
लखेट्यो दुबै, मलेसिया, साउदिले लखेट्यो ।
त्यसैले तिनीहरु
आज क्वारेन्टाइनमा छन
यो सरकारलाई धिक्कर्दै
नेतालाइ धिक्कर्दै
यो ब्यबस्थालाई धिक्कार्दै
नयाँ सरकारको खोजीमा
नयाँ नेतृत्वको खोजिमा
नयाँ ब्यबस्थाको खोजिमा ।
जुन सरकारले रोजगार दिओस
जुन नेताले नयाँ जिबनको
नयाँ निति अनि बिधी दिओश
जुन ब्यबस्थाले समान अधिकार
समृद्ध देश अनि स्वाभिमान जिबन दिओस
हो त्यसैले
हामी क्वारेन्टाइनमा जाऔं
तिनलाई ब्यबस्थित औषधि गर्न
तिनलाई ब्यबस्थित खाना दिन
तिनलाई ब्यबस्थित,राजनीतिक दर्शन दिन
तिनलाई क्रान्तिको बन्दुक दिन
हो ति युबाहरु लाइ बन्दुक दिन
क्वारेन्टाइनमा जाऔ ।
हामीलाई बेरोजगार बनाउने
यो ब्यबथालाई ढाल्न
हामीलाई गुलाम बनाउने
भ्रष्ट नेतालाई ढाल्न
हामीलाई बिदेश पठाउने, आफु राज गर्ने
रास्ट्र्घाती नेतालाई ढाल्न ।
क्वारेन्टाइनमा जाऔं
हो हामी क्वारेन्टाइनमा जाऔं ।।