बस्ती – सरीता खनाल

२०७७ जेष्ठ २९ गते, बिहीबार

मानविय अस्तित्व हराएको
यस बस्तिमा केबल भुतहरु बस्छन्
मुर्दाहरु मात्र अटाएको
यस घाटमा केबल मसानहरु हाँस्छन्
यहाँ कसैलाई कसैको वास्ता छैन
यहाँ मानवहरु मानव जस्ता छैनन्
केवल एक अर्काको मासु लुछेर
भोक मेटाउन चाहन्छन्
यी ब्वाँसाहरु रगत पिउदा रमाउछन्
मासु र रगतको रातो पनले
यिनको भोक जगाउँछ
चीत्कार , आहत र घाउँहरुले
यिनलाई सन्तुस्ट बनाउछ
यी मानवरुपि गिद्दहरु
केबल भोक मेटाउन जान्दछन्
कुनै बालकको आँसुले यिनलाई पगाल्दैन
कुनै अबलाको चित्कारले
यिनको मन खकाल्दैन
यी त केबल बाँच्छन्
केवल बाँच्नका लागि बाँच्छन्
यिनको जिवन केवल मरुभुमी हो
जसमा कुनै रंग छैन
यिनको सन्तुष्टि केवल क्षणिक हो
जसमा कोहिसंग छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार