हास्य कलाकार उत्तम केसीको ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक

२०७७ जेष्ठ ३० गते, शुक्रबार

काठमाडौं, ३० जेठ । हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’को भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग्रौला, रवीन्द्र खडका, मोहन निरौला, उत्तम केसी, लक्ष्मण वस्नेत, दमन रुपाखेती, चेतबहादुर ‘राजा’, गीता नेपाल, सुभेच्छा थापा, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल, उद्धवराज भट्टराई, नम्रता पौडेल, आशा भुसाल, कृष्ण रसाइली, शोभा भण्डारी, सुष्मा ढकाल, मिना जिसी, प्रकाश विक्रम थापा, जीवन थापा, दीपक सापकोटा, लक्ष्मीनाथ तिमिलसिना, सुनिल कटवाल, विनोद केसी, गायत्री पाण्डे, भगत शाह, विजय तिमिलसिना, लब्ली संगम राईलगातका कलकारको अभिनय रहेको छ ।
ज्ञानकुमार कट्टेलको प्रोडक्सन, शाही राम पिक्चर्सको उत्पादन वितरण रहेको गीतको भिडियोमा जनक अधिकारीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ ।
वर्तमानको अवस्थाले पिरोली रहेको र देशभक्ति गीत मार्फत एउटा जागरण ल्याउ भन्ने उद्देश्यले आफूले यो गीत स्रोता/दर्शकमाझ ल्याएको उत्तमले बताए ।
‘जुनसुकै परिस्थितिमा पनि हाम्रा शिरहरु झुक्नुहुन्न, देशका लागि जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने कुरा गीत मार्फत व्यक्त गर्न खोजेको हुँ’, उत्तमले भने । नेपाली कला क्षेत्रमा सयौ नाटक र चलचित्र मार्फत दर्शकको मन जित्न सफल कलाकार उत्तम केसीको गीतकारको रुपमा सार्वजनिक यो पहिलो गीत हो । ‘अन्य गीत कोरेर यतिकै राखेको छु अब विस्तारै स्रोता/दर्शकमाझ ल्याउने योजनामा छु’, उनले भने ।
‘नझुकुन हाम्रा सिरहरु’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार