प्रगतिशील साँस्कृतिककर्मीद्वारा एमसीसीविरुद्ध प्रदर्शन

२०७७ असार १५ गते, सोमबार

काठमाडौं, १४ असार । प्रगतिशील साँस्कृतिककर्मीहरुले ‘राष्ट्रिय हितविपरीतको एमसीसी खारेज गर, साम्राज्यवादका विरुद्ध साँस्कृतिककर्मीहरु एक होऔं’ भन्ने मूल नाराका साथ सडक प्रदर्शनमा उत्रिएका छन। उनीहरुले एमसीसीविरुद्ध आज माइतीघर मण्डलामा विरोध सभा गरेका छन । प्रगतिशील साँस्कृतिककर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानको आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रगतिशील तथा क्रान्तिकारी धारका कवि, साहित्यकार, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नाराबाजीसहित विरोध प्रदर्शनको क्रममा आयोजित विरोधसभालाई सौन्दर्य चिन्तक निनु चापागाईं, आख्यानकार इस्लामी र कवियत्री सकुन्तला जोशीले एमसीसी सम्झौता खारेजीको पक्षमा जोडदार मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन कवि बलराम तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार