किरातीको फिक्कलको उकालो आउदै

२०७७ भाद्र १ गते, सोमबार

काठमाडौँ । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निवन्ध सङ्ग्रह फिक्कलको उकालो पाठकसामु बजारमा आउने भएको छ । एकसय सत्तरी पृष्ठको उक्त सङ्ग्रह इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो । पुस्तक प्रकाशनको कार्य अन्तिम चरणमा रहेको र प्रकाशनपछि नेपालभर अधिकाङ्श पुस्तक पसलहरुमा पाइने भएको छ ।
खोटाङको हलेसी तुवाचुङ् नगरपालिका डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेका किराती साहित्य क्षेत्रमा लामो समयदेखि साधनारत छन् । किरातीका यसअघि कविता सङ्ग्रह शान्तिको खोजी २०६१, आँसुको बर्ष कथा सङ्ग्रह २०६६, संयुक्त कविता सङ्ग्रह २०६७ र फूलको विज्ञप्ति कविता सङ्ग्रह ०७६ प्रकाशित छन् । वाल साहित्यमा समेत कलम चलाईसकेका किरातीले राष्ट्रिय छापा र डिजिटल पत्रपत्रिकाहरुमा राजनीतिक, समसामयिक विषय र साहित्य विधामा निरन्तर कलम चलाउँदै आईरहेका छन् । हाल उनी दक्षिण कोरिया सिऔलमा कार्यरत छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार