राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२०७७ भाद्र २ गते, मंगलवार


काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ बर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।
राष्ट्रकवि घिमिरेका चर्चित कृतिहरुमा नव मञ्जरी , गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक),राजेश्वरी , इन्द्रकुमारी , राष्ट्रनिर्माता ,किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध) , आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)लगायत रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार