क्रान्तिको त्यो सुनौलो यात्रा

हस्तबहादुर केसी २०७७ भाद्र १० गते, बुधबार

                                   

क्रान्तिको त्यो सुनौला यात्रा
कसैले रोकेर रोक्न सक्तैन
कसैले छेकेर छेक्न सक्तैन

क्रान्तिको त्यो सुनौलो यात्रा
हजार उकाली ओरालीहरु
हजार बाधा अबरोधहरु
पार गर्दै अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
हजार नदीनालाहरु
हजार जंघार तलाउहरु
तर्दै अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
हजार विशाल मैदान र फाँटहरु
हजार उकाली र ओरालीहरु
पार गर्दै अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
हजार पहाड पर्वत र हिमालहरु
पार गर्दै अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
शत्रुका गोली बारुदको प्रवाह नगरी
निधारमा रातो कफन बाँधेर
निर्वाद रुपमा अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
शहिदहरुका सुन्दर सपनाहरु
साकार पार्ने संकल्प
बोकेर अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
समुद्रको आँधी हुरी र
सुनामी बनेर
शत्रुका फलामे किल्ला भत्काउदै
विनारोकटोक अगाडि बढ्छ

क्रान्तिको त्यो सुनौलो यात्रा
शहिदहरुको रग्तरञ्जित लाल झण्डा
सगरमाथाको चुचुरोमा फहराउँदै
महान् क्रान्तिको मञ्जिलमा
पुगेरै छाड्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार