नयाँ जङ्गबहादुर चाहियो !

म यो मुलुकको एक बबुरो मनुवा
म हिडे,कुदे,दैडे,लडे,भिडे अनि झ्यालखानामा समेत गए
कति त हेर्दा हेदै आफनै अगाडी तातो ततोगोलीको सिकार भए
अनि गर्वका साथ एउटा श्रीपेच रहेको श्री ५ लाई फ्याके
अनि दुनिया लाई भने म स्वतन्त्र भए,मैले बन्धन चुडाले अनि परिणाम
श्रीपेच बिहिन २७५ जना माहाराजाहरु भित्र्याए
देश लाई खण्डहर गर्दै चिरा चिरा गरि सात भुगोलमा
सातै साना छोटे माहाराजा ५५०,सुसारे भित्र्याए
सोही अनुरुप भुगोलै पिच्छेका ७५३ साना साना राजा अनि
चलन चलाउने तिनका कटुवाल भित्र्याए
मेरो लडाइले केन्द्रमा रहेको एउटा सेतो हात्ती मिल्काएर
एउटा ठूलो गजधम्ब फुलेको नरभक्षी जनावर भित्र्याए
मैले पाल्नु छ,त्यो नरभक्षिलाइ पालो कुरि बस्दै छु
उसको आहाराको लागि बलि चढ्न
मैले पाल्नु छ ती श्रीपेच बिहिन राजा माहाराजा लाई
मैले मान्नु छ ती साना रजौटा राजा अनि कटवाल लाई
मैले पुज्नु छ नरभक्षी जनावर लाई ,दैनिक आहारा जुटाउनु छ
मेरो कमाइले पुगेन,मैले जति हड्डी घोटे पनि तिनको आहारा जुटेन
त्येसैले मेरो टाउकोमा ४०औ हजारको ऋृणको भारी छ
त्यो पनि मैले सहर्ष स्विकार्नु छ,तिनको आहारा जुटाउन
मैले पालेको नरभक्षी,मैले भित्र्याएको माहाराजा साना राजा र रजौटा
अनि तिनका कटवालले म रोग,भोक,शोक
अनि माहामारिमा चुर्लुम्ब डुबेको बेला
मेरो हड्डी पनि बाकी राखेनन
मेरो माटो अनि मेरो प्यारो सन्ततिलाइ
अब हेर्दा हेर्दै ब्ल्याकहोल तिर लादैछन
त्येसैले मलाइ अब नयाँ जंङबाहादुर चाहियो,जुन जंङबाहादुरले
म मेरो सन्तती अनि माटो बचाओस
पुर्खाको बिरताले जोडेको कुमाउ,गढवाल अनि
कागडा टिस्टा पु¥याओस
मेरो जंङेले मेरो माटो,धर्म,संस्कृति र मनुवालाइ बेचिखाने
ती नरभक्षिको दारा नङ्रा फुकाल्दै खोरमा थुनोस
श्रीपेच बिहिन राजा माहाराजा र तिनका कटुवाल अनि
सुसारेलाइ क¥याप कुरुप्प पार्दै तिनको कद घटाओस
मैले भित्र्याएको राजा माहाराजाको अड्डा अदालत चाहार्दा चाहार्दै
मेरो श्री(सम्पती सकियो मेरि चेली बलात्कृत भएको दशकौ भयो
अझै मैले न्याए पाइन,त्येसैले मालाइ नया जंङबाहादुर चाहियो
जुन जंङ बहादुरले,मेरि श्रीमतिलाइ
फलानो ले कडके नजर लगायो हजुर भनी बिन्ती चढाएकै दिन
त्यसको आखा फुटाउ भन्ने आदेस दिओस
मेरो जंङेले,मैले उब्जाएको कोदो मकै फापर
जौ तिल अनि मार्सिलाई नयाँ नामाकरण सहित
दक्षिणी र पच्चिमालाई भनोस मेरो बर्णशंङ्कर यहि हो भनि
मेरो शुन्दर पाहाड अनि प्राकृतिलाई दुलो बनाइ बनाइ
कुरुप बनाउने राता दुम्सिलाइ रोकि
प्रकृति संम्पदा नमासिकनै शुन्दरै राख्ने विधिसहित
रोप्वे र केबुलकारको बिजुली तार भित्र्याओस
म मेरो जंङेकाहा तिनै तार बाट एकै दिन पुग्न सकौ
अनि मेरो जंङे पनि मकाहा आउन सकुन
त्यसैले मलाइ नया जंङ बाहादुर चाहियो।