पद्मश्री साहित्य पुरस्कार सञ्जीवको ‘हंस’लाई

२०७७ आश्विन ११ गते, आईतवार


काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो वर्षको पद्माश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ’ लाई दिने निर्णय गरेको छ । त्यस्तै प्रतिस्ठानले साहित्यकार मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ । विगत ६ दशकदेखि नेपाली साहित्यको श्रृबृद्धिमा योगदान पुर्‍याए बापत प्रश्रितलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिस्ठानले जनाएको छ ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रुपैयाँ छ । पद्मश्री साहित्य पुरस्कार २०६३ सालदेखि र पद्मश्री साधना सम्मान २०६७ सालदेखि प्रदान गरिदै आएको छ । दुवै सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएकोमा यो पटक भने अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विजप्तीमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार