प्रतिगमनका मतियारहरू

बलराम तिमल्सिना २०७७ माघ १९ गते, सोमबार

प्रतिगमनका मतियारहरू !
लाजभाँडका हतियारहरू !
यो अन्तिम भोज हो भोज गर !
यो अन्तिम मोज हो मोज गर !
प्रतिगमनका मतियारहरू…..

सहिदका सपनाहरू स्वार्थसँग साट
हत्याराका पैतालालाई रमाएर चाट
उत्सव हो अन्तिम यो काट केक काट
हाम्रोलागि लास बन्यौ सबै आजैबाट
प्रतिगमनका मतियारहरू …..!

दुश्मनको आँगनमा गिडगिडाऊ रोऊ
कायर र गद्दारहरू सबै जम्मा होऊ
पराईको पिसावले हात मुख धोऊ
लाज लजाउने गरी सीमारेखा छोऊ
प्रतिगमनका मतियारहरू…..!

मन्त्री माग पिवी सिसी पाए जति माग
हाड छाला जोगाउन पछि पछि लाग
फ्यात्त बस च्याप्प पक्र जूठोपूरो भाग
सात पुस्तालाई बोक बेइज्जतको दाग
प्रतिगमनका मतियारहरू……!

आफ्नो दुनो सोझ्याउन सकेसम्म गर
जनताको नजरमा हेर्दा हेर्दै मर
लाज घीन सरमको रसातलमा झर
ए खानका कालहरू गर मोज गर !
प्रतिगमनका मतियारहरू ……

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार