बाटो

बलराम तिमल्सिना २०७७ माघ २६ गते, सोमबार

·

बाटो सही पनि हुन सक्छ
बाटो गलत पनि हुन सक्छ
बाटो उकालो पनि हुन सक्छ
बाटो ओरालो पनि हुन सक्छ
बाटो सिधा पनि हुन सक्छ
बाटो घुमाउरो पनि हुन सक्छ
बाटोमा काँढा पनि हुन सक्छन
बाटोमा बाटो छेक्ने नदी पनि हुन सक्छ
बाटोमा अक्कर भीर पनि आउन सक्छ
बाटोमा बाटो ढुक्ने शिकारी पनि हुन सक्छन
बाटोमा बाटो माग्ने भिखारी पनि हुन सक्छन
तर बाटो नहिडी गन्तव्य कहिलै पुगिदैन !
बाटोमा भोकले सताउन सक्छ
बाटोमा थकाईले गलाउन सक्छ
बाटोमा असिना पानीले चुट्न सक्छ
बाटो हिड्नेको बास बाटैमा हुन सक्छ
बाटो हिड्नेका बच्चा बाटैमा जन्मन सक्छन
बाटो हिड्नेहरू बाटैमा हुर्कन्छन
बाटो हिड्नेहरू बाटैमा पढ्छन- यात्रा
बाटो हिड्नेहरू बाटैमा प्रेममा पर्छन
बाटो हिड्नेहरूले बाटैमा घरजम गर्छन
पैताला चाल्ने डोव
बिसाउने चौतारी
र बास बस्ने पौवा बाटैमा भेटिन्छन
बाटो हिड्न अल्छि गर्यो भने
कहीं पनि पुगिदैन !
बाटैमा भेटिन्छन सहयात्रीहरू
बाटैमा बाटाहरू भेटिन्छन अनेक
र, बाटैबाट छुट्छन साथीहरू !
श्रृष्टिको उषाकालदेखि आजसम्म
हामी बाटो हिडेरै आएका हौं
समयको यो पाइलादेखि सुदूर भविष्यतिर
हामी बाटो नै हिडेर जाने छौं
जो हिड्ने छन्
ती गन्तव्यमा पुग्ने छन
र, जो बाटोलाई गाली गरेर बस्ने छन
ती यतै कतै किनारामा छुट्ने छन् !
अस्तित्ववान हरेक कुराले
बाटो भएरै यात्रा तय गर्छ
नदी भन्नुस या बतास
वादल भन्नुस या अरु केही
तारा नक्षत्र या पृथ्वी
अणु परमाणु या विद्युतीय कण/तरङ्ग
कोही पनि स्थिर छैनन
सबै गतिवान छन
र, सबैसँग आफ्नो आफ्नो बाटो छ !
बाटो हाम्रो जिन्दगी हो
बाटो हिड्नु भनेको वाँच्नु हो
सबैभन्दा सुन्दर जीवन हो-
युगको भारी बोकेर बाटो हिड्नु
पृय साथी !
तिमीसँग आफ्नो बाटो छ ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार