क्रान्तिकारी संकल्प (गजल)

एसबी तामाङ (वान्योङ्ग) २०७७ फाल्गुन २१ गते, शुक्रबार

प्रगतिशील हाँगा अनि जराहरू गल्न दिँदैनौं
आए पनि आधिबेरी हुरीबतास ढल्न दिँदैनौं

गर्मीसँगै सारा पर्यावरण प्रचण्ड भए तापनि
वरिपरि थुप्रिएका पात पतिङ्गर बल्न दिँदैनौं

स्वयं कोर्छु मार्गचित्र कार्यदिशा पनि सरकार
विदेशीको ईशारामा कदापीकोइ चल्न दिदैनौं

वर्षौं वर्ष लगाई हुर्काएको अञ्जिरको वृक्षमा
राष्ट्रघाती,जनघाती विषालु फल फल्न दिदैनौं

प्रगतिशील हाँगा अनि जराहरू गल्न दिँदैनौं
आए पनि आधिबेरी हुरीबतास ढल्न दिँदैनौं

  • हेटौँडा, मकवानपुर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार