बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

२०७८ बैशाख २३ गते, बिहीबार


काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।
नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरी गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका गीत गाएका थिए। उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन जस्ता अनगिन्ती गीत लोकप्रिय छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार