हत्याराको देश हो यो !

झपेन्द्रराज बैद्य २०७८ बैशाख २८ गते, मंगलवार


बसन्तमा जीवन हराएको छ।
अस्पत्तालमा गयो घर जान्छ
घर बस्यो जीवन जान्छ।
कोरनाको कहर श्वासफेर्न गाह्रो
निजी अस्पत्तालको मनपरी
बिचौलीयाको तस्करी
माफियामा देश
स्वास्थ्य प्रमुख माफिया
मन्त्रि माफिया
ब्यबस्थाको मूल नै माफिया
हाका हाकी ३५ करोड कमिशन
खोपमा मनपरी,
स्वस्थ्यमा ब्रह्म लूट
साम्राज्यबादले चलाएको देश
छैन यहाँ नेपाली भेष
नेपालीपन र नेपाली परिबेश
दलाल पुँजिबादमा
दलाली सँस्कृति
बिक्रिति र बिसंगती

  मरिरहेछन् नागरिक
   घरमा रुवाबासी
   अस्पत्तालको आगनमा छट्पटिएका छन्
   बिरामी 
  तर छैन डाक्टर। 
  तर छैन अक्सिजन
  बेहोस छन् बिरामी
  के निजीलाई छुट छ?
   दैनिक लाख लाख 
   के हत्यारा हो सरकार?
   मानिस तड्पडाएर मार्ने
   हत्यारा हो सरकार। 
   एउटा अक्सीजन दिन नसक्ने
   निजी हस्पिटललाई
  बोल्न नसक्ने
   जति ठगे पनि ठग्न दिने
     जति लूटगरे पनि लुटन दिने
     दिन प्रतिदिन औषधी बिना
     मर्छ मानिस
     लकडाउन छ घरमा बन्दी।
     हात छ तर पेशाा खोसिएको छ। 
     मुख छ तर बोल्नसक्दैन मानिस।
     सबै घरमा बन्दी
      सुनि दिने कोही छैन।
      भनिदिने कोही छैन।
    भोक भोकै सुत्न बाध्य मानिस
    अर्को दिन हार्दिक श्रद्धान्जली
    यही चर्खा चलेको छ। 
    अग्रगमनमा ह्रास नेताजस्तै
    गोलचक्कर छ। 
    बैज्ञानिक समाजबादमा 
    स्वास्थ्य निशुल्क हुन्छ
    योग्यता अनुसार काम हुन्छ

. काम अनुसार दाम हुन्छ।
साम्यबादमा
आबश्यकता अनुसार माम हुन्छ।
तर यहाँ किन बिभेद हुन्छ?
दलाल पुँजिबादमा त यस्तै हुन्छ।
एकीकृत जनक्रान्तिबाट
बैज्ञानिक समाजबाद आउँछ।
तर त्यो आफै आउँदैन
साहस र शौर्य चाहिन्छ
बलिदानी हुन्छ
एक दुई सपूत मरेर गए
नयाँ बिहानी बन्छ।
त्यसबेला रोग भोक मुक्त हुन्छ।
अब बोल सबै श्रमिक
किसानहरु उठ
युवाहरु उठ
महिलाहरु उठ।
न्याय प्रेमी सबै उठ।
क्युवामा भाइरस नियन्त्रण छ
पाकिस्थान थलापरेको छैन।
अफगानिस्थानले संहालेको छ।
गरिब देश इथोपियाले पनि त
कोरोनालाई जितिसकेको छ।
एउटा असल शासकले जित्न सक्छ।
तर नेपाल त हत्याराको देश भयो।
रोम जलिरहेको बेला
निरोले बाँसुरी बजाएजस्तै
यहाँका शासकहरुले
करोडौंका रात्री भोजगर्छन्।
प्लेन चढेर उम्मेदवारी दिन्छन्
तर जनता सिटामल पाउदैनन्।
घर घरमा लास छ
बेदना छ आक्रान्त छ।
प्रत्येक घरमा गएर
पिसिआर ल्याउन सक्दैन सरकार?
कमिशनमा लिप्त सरकार?
जति रोए पनि
जति मरे पनि
असफल छ सरकार।
धिक्कार धिक्कार सरकार
जनता सबभन्दा ठूलो हो
अब जनताले सजाय दिन्छ
उठ्नै नसक्ने गरी सजाय दिन्छ।
एक दिन अवश्य तानाशाही जान्छ
बालकहरुको ओंठमा लाली हुन्छ।
युवाहरुमा जाँगर र जोश हुन्छ।
त्यसै बेला यो देश बन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार