‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना

२०७८ श्रावण २१ गते, बिहीबार


काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ। दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको हो। हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा डा वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको रु दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन/अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगतप्रसाद उपाध्यायले डा मिश्रले दिएकाे उक्त रकमलाई बीज पूँजीका रूपमा जम्मा गरी रु तीन लाख थप गरेर रु पाँच लाखको ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए। -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार