ठालुहरु ता …….

नारायण शर्मा २०७८ कार्तिक ११ गते, बिहीबार


ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!

बुद्धिजीवीहरु ता बुद्धू रहेछन् !
अबोधहरु पो बुद्ध रहेछन् !!
विद्वानहरुमा अभिमान रहेछन् !!!
अन्जानहरुमा महाज्ञान रहेछन् !!!!

ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!

विज्ञहरु ता बिक्ने रहेछन् !
अनभिज्ञहरु पो टिक्ने रहेछन् !!
अग्लाहरु ता दुर्जन रहेछन् !!!
होंचाहरु पो सज्जन रहेछन् !!!!

ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!

पढालिखाहरु ता बडाबाङ्गा रहेछन् !
अनपढहरु पो सीधासादा रहेछन् !!
सक्षमहरु ता अक्षम्य रहेछन् !!!
अक्षमहरु पो अदम्य रहेछन् !!!!

ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!

भोगीहरु ता भुक्दारहेछन् !
योगीहरु पो योगदा रहेछन् !!
उच्चाहरु ता लुच्चा रहेछन् !!!
होँचाहरु पो साँच्चा रहेछन् !!!!

ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!

“महान”हरु ता बाहन रहेछन् !
बाहनहरु पो महान् रहेछन् !!
साँढेगोरु ता गद्दार रहेछन् !!!
गधा-गाई पो समझदार रहेछन् !!!!

ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!

भद्र भनाउँदा ता भ्रष्ट रहेछन् !
शूद्र भनिएका पो स्वच्छ रहेछन् !!
बडाहरु ता दुष्ट रहेछन् !!!
बच्चाहरु पो इष्ट रहेछन् !!!!

ठालुहरु ता ठगदार रहेछन् !
कालुहरु पो दिलदार रहेछन् !!
कालुहरु पो दिलदार रहेछन् !!!
ठालुहरु ता ठगदार रहेछन् !!!!
*

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार