धूमिल स्मृति : आफ्नै भोगाइसँगको साक्षात्कार

शेरबहादुर विश्वकर्मा २०७८ पुष १५ गते, बिहीबार



कवि तथा लेखक एवं माक्र्सवादी स्रष्टा शोभा दुलालद्दारा लिखित ‘धुमिल स्मृति’ पुस्तक पढ्दैँ जाँदा नेपालको इतिहासमा एउटा महान परिघटना, एउटा महान पहल कदमी र एउटा विद्रोहको रुपमा अमिट र अमर मानिएको जनयुद्घको त्यो प्रक्रियामा आफैले देखेका, भोगेका र विस्मृतिमा रहेका कैँयौँ यथार्थहरु पुनर्ताजकि भैरहेको एउटा जीवन्त अनुभुतिहरुसँग जोडिन पुगेँ । लेखक स्वंयमले भने झैँ – “अवश्य पनि मेरा रचनाहरु शास्त्रीय मुल्यअनुकुल नभएका होलान” तर उहाँले अठारवटा रचनाहरु सम्मिलित जुन सामाग्रीहरु पस्किनु भएको छ, यी कुनै सोक, सन्तुष्टि र बौद्घिक विलाशका लागी किमार्थ लेखिएका सिर्जनाहरु होईनन्, बरु यी रचनाहरु उहाँ आफैले आफ्नो वाल्यकाल, परिवार, समाज, सँस्कार, संघर्ष र राजनीतिक जीवनसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरिएका जीवनका भोगाईका दसिहरु हुन् ।
हामीले जसरी जनयुद्घरुपी आधुनिक महाभारत लड्ने जुन अवसर प्राप्त गर्यौँ, संभवत ः हाम्रो पुस्ताले पाएको सबैभन्दा महत्वपुर्ण बरदान नै यहि हो जस्तो लाग्छ । सामन्तवादी उत्पीडनका कारण हजारौँ वर्ष देखि दलित, महिला, विभिन्न जातजाति समुदायमाथि धर्म, सँस्कार र परम्पराको नाममा जसरी सताईयो, अपमानित र न्युनतम मानविय अधिकारबाट समेत बेदखल गरियो, स्वाभाविक रुपमा समाजको ठुलो हिस्सा, दास, नोकर, कमारा, कमारी,दलित र भुमिहिनमा बदलिने नै भयो । त्यस मध्येकै एक जना थिईन् शोभा दुलाल । कहिलेकाहीँ भेटघाट हुँदा शोभा जीको प्रस्तुति जब म सुन्छु, मलाई लागिरहन्थ्यो उनि हरेक कुरा प्रति किन यति धेरै असन्तुष्ट, किन यति धेरै आलोचक ! जहिल्यै हरेक विषयमा प्रतिपक्ष जस्तो देखिरहने ! जब मैले उनको वाल्यवस्था देखि, जनयुद्घ र आजसम्मको भोगाईलाई समेटिएको रचना “धुमिल स्मृति” सँग स्पर्श गरेँ, मलाई थाहा भयो कि उनि यो समाजमा विद्यमान सामन्ती दासता र साम्राज्यवादी उपभोगवाद विरुद्घ बोल्न सक्ने विद्रोही रहिछन, मलाई लाग्छ, संसारका अरु मानिस जस्तै उनको वाल्यकालिन भोगाइर्, सामाजिक परिवेश र राजनीतिक जीवनका सकसहरुसँग जुध्नु पर्दाका अनुभुतिहरुले पनि उनको स्वाभाव निर्माणमा भुमिका खेलेको होला ।
पुस्तकमा प्रस्तुत कैयाँै रचनाहरु व्यवहारिक जीवनका प्रत्यक्ष–अप्रत्यक्ष भोगाईका संगालोहरु हुन् । जनयुद्घको तयारी देखि, सुरुवाती प्रक्रियामा भएका पार्टीभित्रका दुई लाईन संघर्ष, जेल, हिरासतमा रहँदा तत्कालिन सत्ताले गरेको सैनिक दमन, हिरासत भित्र रहँदा आफ्नै कमरेडहरुद्घारा भएका व्यवहारहरु, युद्घकालमा कतिपय नेता कार्यकर्ताहरुमा देखिएको साँस्कृतिक रुपान्तरणको समस्या र शान्ति प्रक्रिया सँगै पार्टी नेतृत्व देखि आन्दोलनमा देखियको मूल्यहरुको क्षयीकरण बारे यो कृतिमा जसरी कोट्याउन खोजिएको छ, निश्चय नै हामीले गर्ने भनेको आगामी क्रान्ति यात्राको मुख्य धरोहर नै साँस्कृतिक क्रान्ति बनाउनु पर्दछ भन्ने शिक्षालाई उहाँले निकै गहिरोसँग उजागर गर्नु भएको छ । जनयुद्घ आफैमा पुरानो सत्ता, समाज र सँकार विरुद्घको विद्रोह त थियो नै, साथ–साथै आफु र आफुभित्र निहित सोच, चेतना र आदत विरुद्घको अग्निज्वाला पनि थियो, यो स्पार्टाकसदेखी आजसम्मका विद्रोहहरुको निरन्तरताको कडि थियो, यो एक नयाँ रचना थियो, अन्ततःर सारतः यो हाम्रा विचका विविधता, अनेकता र विशिष्टताहरुको केन्द्रिकरण र एकिकरण थियो ।
समाज जसरि विभिन्न जातजाति, भाषा भाषी, वर्ग, समुदाय र चेतनामा विभक्त थियो, तर हामी सबैको साझा दुश्मन, साझा अभिष्टा र समान आवश्यकताहरु प्नि थिए, यस नै हामीले माक्र्सवाद–लेनिनवादको वैचारिक आलोकद्घारा निर्देशित जनयुद्घरुपी मुक्ति यात्रामा एकाकार गर्ने प्रेरणा दियो र हामीले अगाडी बढ्ने चेष्टा गर्यौँ, कैयौँ साथीहरु आफैलाई बदल्न सापेक्षित रुपमा सफल पनि हुनु भयो । कैयौँ मानछेहरु आधा बाटो बाटै भागेका छन् र कैयौँ नौ जवानहरु नयाँ उर्जासहित फेरी जोडिदै हुनुहुन्छ तर यति मात्रै हाम्रा लागी पर्याप्त छैन । हामीले आफैभित्रको फोहोरमैला सफा गर्न र अन्तत ः हाम्रा सपनाहरुको व्यवहारिक रुपमा अनुदित गर्न हाम्रा हरेक पाईला र प्रयत्नहरुले सर्वहारा साँस्कृतिक क्रान्तिको मुल आदर्शलाई मुल गन्तव्य बनाइरहेका छन् कि छैनन् प्रश्न यो हो ।
जनयुद्घ के थियो, के थिएन, यसको अनुुसन्धानात्क समिक्षा र मुूल्यांकन इतिहासमा हुने नै छ, तर यति चाहि भन्न सकिन्छ कि, यो आम उत्पीडित जनताले आफ्नो पुर्ण मुक्ति, परिवर्तन र आफनो् सत्ताका लागी संगठित रुपमा गरिएको सचेत पहलकदमी अवश्य थियो । दुर दराजका दलित, गरिब,महिला देखि हलिया, भरिया र पिधँमा पारिएकाहरुको मुक्तिसंग्राम थियो । जनयुद्घले नै यो वर्गलाई एउटा कमाण्डर, एउटा नायक र विजेताको रुपमा स्थापित गर्ने महत्वपुर्ण संयोग जुटाइ दिएको थियो । निश्चय नै यो प्रक्रियामा कैयौँ नकारात्मक प्रवृतिहरु सतहमा आएका छन् । कतिपय कार्यशैली, साँस्कृतिक रुपान्तरण र दृष्टिकोण निर्माणमा पार्टीको यथेष्ट पहल र योजना नहुँदा कैयौ नराम्रा प्रवृतिहरुले झाँगिने मौका पनि पाए, यी सकारात्मक सँगसँगै पैदा भएका नकारात्मक प्रवृतिहरु र शिक्षाहरु प्नि हुन् । राजनैतिक क्रान्तिको उच्चता र भव्यतासँगै साँस्कृतिक क्रान्ति र रुपान्तरणको पाटो कमी हुँदा कैयाँै कमाण्डर र नेतृत्व तहका मान्छेहरु सजिलै स्खलित,विचलित र विकृत भएका दृष्टान्तहरु छन् । युद्घमा निकै राम्रो र शाहसिक भुमिका निर्वाह गरेका कतिपय नेता कार्यकर्ता वहुविवाह गर्ने, आफैले भत्काएका मठमन्दीर निर्माण गर्ने, दाइजो लिने दिने, जातिय छुवाछुत गर्ने, आफै धामी झाक्रि बन्ने देखि भँैसी पुँजा गर्ने सम्म पतित हुन पुगेका सयैाँ उदाहरणहरु छन् । यसलाई हामीले साँस्कृतिक रुपान्तरणको महत्वबोध गर्दै आजैबाट राजनीतिक क्रान्ति सँगै सास्कृतिक क्रान्ति सँग सँगै चलाउने र हाम्रो क्रान्तिको अन्तिम उदेश्य साँस्कृतिक क्रान्ति नै हो भन्ने कुरालाई स्थापित गर्नुपर्दछ ।


शेभाजीले, आफु जन्मे हुर्केको परिवार, सामाजिक संरचना, शिक्षा आर्जन गर्नका लागी आफ्नै आमा बाबा देखि स्कुले दौतरीहरुसँग गर्नुपरेका संघर्षहरु, पार्टीभित्र नेता कार्यकर्ता तथा जनतावीचका आपसी अन्तरसम्बन्ध, पार्टी आन्दोलनमा प्रवेश पछिका भोगाईहरु, द्श्मनको दमन, महिला पुरुष साथिहरुको कार्यविभाजन र कार्यक्षमताको विन्यासका विषयमा जसरी उल्लेख गर्नुभएको छ यसमा मलाई छुट्टै उर्जा र जीम्मेवारी बोधको महसुुस भयो । ओ हो ! हामीले लड्नुपर्ने लडाई कति जटिल र अनन्त रैछ जस्तो पो लाग्यो । आफैले भोगेका कैयौ घटनाहरु मानसपटलमा व्युँतियर आए । यहाँ लेखिएका कैयौँ घटनाहरु, प्रवृतिहरुबारे गरिएका चर्चाहरु जब म पढ्दै गए आफैले देखे भोगेका पात्रहरुसँग तुलना गरेर हेरँे, सबै उहि र उस्तै ! जब हाम्रा उदेश्यहरुमा समानता हुन्छन्, तब जीवनका भोगाईहरुमा कैयौँ समानताहरु भेटिदाँ रहेछन् – मलाई त्यस्तै अनुभुति भयो यो पुस्तक पढ्ँदा ।
म यस्ता साहित्यीक रचनाहरुको टिप्पणीकार होइन्, यो अघि पुस्तकबारे मैले कहिल्यै समिक्षात्मक रुपमा लेखेको पनि छैन् । समालोचक त म झनै होईन् । खाली मैले पुस्तक पढे्पछिका आफ्ना अनुभतिहरुलाई पोखेको मात्र हुँ, छरेको हुँ ! यति हो कि हाम्रा सामान्य टिप्पणी र प्रेरणाहरुरले लेखकलाई सिर्जना कार्यमा थप उत्प्रेरणा गर्न सकोस् । कैयौँ गहन र जीवन्त भोगाईहरु भएका अन्य साथीहरुलाई लेख्न,उत्खनन् गर्न र सिर्जना गर्न हौसला मिलोस् , शुभकामना ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार