गजल

विविना लामिछाने २०७८ माघ ८ गते, शनिबार


युद्धमा उत्रनु छ हात मर्कियोस,खुट्टा मर्कियोस
यत्ती लक्ष्य बोकेर हाम्रो सिमाना नमिचियोस

जङ्गे पिल्लर पनि सर्न थाल्यो,सिमा मेटिन थाल्यो
अब मेरो रगतले सिमा कोरियोस,त्यो नमेटियोस

महोदय,तपाईं कति गर्जनुहुन्छ? सिंहदरबारमा
आमा चाहन्छिन कालापानीमा, छोरा गर्जियोस

जसरी सम्झन्छन्, चे-ग्योभारा, बलभद्र कुवर
तपाईं त्यस्तै काम गर्नुस देशले तपाईं सम्झियोस

जागौ एकजुट भएर लागौ वैज्ञानिक समाजवाद स्थापना गर्न
मृत्यु पछि पनी हाम्रो विचार,श्रीमतीको सिन्दुर नपुछियोस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार