हतियार बोक

आमा!
म जादिनँ विद्यालय
बोक्दिनँ किताब
बोक्दिनँ कापी, कलम
आजबाट, अहिल्यैबाट
जब
भर्खरै उदाउँदै गरेको सूर्यको
अनुहारमा सधैँ
वीर गोर्खालीलाई देख्थेँ
सोध्थेँ
दिदी!!
हजुर भविष्यमा के बन्नुहुन्छ?
खुब प्रफुल्ल्ती हुँदै मुस्कुराउँदै
प्रत्युत्तरमा भन्नुहुन्थो,
नानू म योद्धा बन्छु,
म कलम लिएर युद्ध मैदानमा उत्रन्छु,j
र अन्धविश्वास विकृति- विसङ्गतिको अन्त्य गर्छु।
भोलिपल्ट
विद्यालय पढ्न गएकी दिदी
रगतले लत्तपत्तिएको शरीर
मृत अवस्थामा भेटिएको खबर सुन्छु
लाग्छ
कमजोर भएको छ कलम
शक्ति हराइसक्यो कलमको
त्यसैले त म बारम्बार भन्छु
छाडिदेऊ कलम बोक्न
बोक हतियार बाँच्नका लागि
यहाँ अनुहारमा हेर्नुभन्दा पहिले
छातीको उचाई हेरिन्छ
शरीर अनि अङ्ग हेरिन्छ
कति कक्षामा पढ्छौ सोध्नु भन्दा पहिले
कति वर्षको भयौ सोधिन्छ
सन्चो बिसन्चो त परको कुरा
आमा
म जादिनँ समारोहमा
जादिनँ गोष्ठी
जहाँ मेरो कुरा काटिन्छ
जहाँ मेरो भविष्य बिगार्ने योजना बनाइन्छ
जान्छु
कंचनपुरमा
जान्छु
बैतडिमा
र भन्छु
छाडिदेऊ कलम बोक्न
छाडिदेऊ डर र लाज बोक्न
तिमी सरदा जुन झै उदाउनु छ
जगमगाउनु छ
त्यसैले..
छोड कलम समात्न, अन्त्य गर कुरीतिको
कु-दृष्ठिकोणको
फेरि भन्दैछु……।
बोक हतियार बाँच्नका लागि।