नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ को तयारी

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ हुने भएको छ । ललितपुर महानगरपालिका-१६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगीतिक कार्यक्रम ‘सःया जः’ अर्थात ‘द लाइट अफ म्यूजिक’ को आयोजना हुने बताइएको छ । विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरुको खोजीका लागि कार्यक्रम आयोजना गरिएको समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिए । ललितपुर महानगरपालिका–१६ वडा अध्यक्ष निर्मलरत्न शाक्यले स्थानीय संगीतप्रति समर्पित ‘सःया जः’ मा वादन तथा गायन समावेश हुने जानकारी दिए । उनले वडाले यो बाहेक नव कलाकार उत्पादनका लागि ‘कला पाठशाला’ को थालनी गर्ने समेत जानकारी दिए ।
नेवाः परम्परागत तथा आधुनिक संगीत तथा यस क्षेत्रमा समर्पित कलाकारहरुका लागि निर्माण गरिएको यो कार्यक्रम नेपाः च्यानलबाट प्रशारण हुनेछ । वडा १६ ले गायन तथा नृत्य विधाका उत्कृष्ट १० प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार